Sorry, that menu does not exist.
 

एनसिई नेपाल पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न !

निर्मल पौडेल, पर्वत,२०७६ साउन १८ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति पर्वतको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन कुश्मामा सम्पन्न भएको छ ।श्धिवेशनले आगामी कार्यकालका लागि आरम्भ नेपालका यज्ञप्रसाद शर्मालाई एनसिई जिल्ला समन्वय समिति पर्वतको संयोजकको जिम्मेवारीमा चयन गरेको छ ।

चौथो साधारणसभा तथा दोश्रो अधिवेशनका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव देवीप्रसाद तिमिल्सिनाले विद्यालय तहको सार्वजनिक शिक्षाका लागि सरकारले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने कुरा बताए । उनले संबैधानिकरुपमा नै माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनिएकाले राज्य यस कुराबाट बाहिर जान नसक्ने कुरामा जोड दिए। जिल्ला समन्वय समिति पर्वतका सदस्य कविता विकले शिक्षा क्षेत्रनै मुलुकको विकास र समृद्धिको आधार भएकाले यस क्षेत्रलाई सबल बनाउन सबैको ध्यान पुग्नुपर्ने खाँचो रहेको बताइन ।

एनसिई नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले पर्वत जिल्लाको सन्दर्भमा नागरिक संगठनहरुको खबरदारी उल्लेखनीय रहेको भन्दै आगामी दिनमा पनि बजारको माग अनुरुपको शिक्षाको सुनिश्चितता गर्न दबाब दिइरहन आवश्यक भएको बताए । नागरिक समाज सञ्जाल पर्वतका संयोजक मानकुमारी गिरीले गुणस्तरीय तथा सर्वसुलभ शिक्षाका लागि सरकारी निकायहरुलाई झक्झकाउन नागरिक संगठनहरु लागिरहनुपर्ने आवश्यकता भएको औंल्याए ।

गैसस महासंघ पर्वतका कोषाध्यक्ष नेत्रकला सुवेदीले शिक्षा पाउने बालबालिकाको अधिकारलाई सबै तहबाट सम्मान गर्नुपर्ने र सरकार यसका लागि थप सजग हुनुपर्ने भएकाले घट्दै गएको शिक्षा बजेटले सबैलाई चिन्तित बनाएकोले शिक्षामा बजेट बृद्धि गर्न माग गरे । राष्ट्रिय दलित विकास संस्थाका कार्यक्रम संयोजक भिमबहादुर नेपालीले सार्वजनिक शिक्षा सवलीकरणका लागि निरन्तर बहशपैरवी र वकालत गरिरहेकोमा एनसिई पर्वतको प्रशंसा गरे ।

अधिवेशनले आगामी भाद्र २० र २१ गते काठमाण्डौंमा हुने एनसिई नेपालको बार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागी हुनका लागि यज्ञप्रसाद शर्मा र कविता विश्वकर्मालाई प्रतिनिधि चयन गरेको छ । एनसिई नेपालका बोर्ड सदस्य तथा पर्वत जिल्ला संयोजक राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव यज्ञप्रसाद शर्माले बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सदस्य संस्था राष्ट्रिय दलित विकास संस्था पर्वतका भिमबहादुर नेपालीले राख्नुभएको थियो भने प्रमुख अतिथि देवीप्रसाद तिमिल्सिनासहित बक्ताहरु फुलराज शर्मा लामिछाने, एकनारायण चालिसे, रमेशप्रसाद रिजाल, हरीदत्त शर्मालगायतले नयाँ समितिलाई सफल कार्यकालका लागि शुभकामना दिएका थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply