कौरव खत्री, गुल्मी २०७६ साउन .१९ । गुल्मीको सत्यवती गाँउपालिकाका पहिरो पीडितहरुका लागि हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव तथा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य योगराज शर्मा कंडेलले नगद र राहत सामग्रीहरु लिएर पीडितहरुलाई मलहम पट्टी लगाउन गुल्मी पुगेका छन् ।
महासचिव एवं नेपाली काँग्रेसका युवा नेता कंडेलले पहिरो पीडित विद्यार्थीहरुको अध्ययनका लागि समाजिक सञ्जालको माध्यमबाट स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेर रु ६ लाख ५ हजार र सत्यवती गाँउपालिकाको विपत व्यवस्थापन कोषका लागि गुल्मेली अधिकृत समाजव्दारा संकलन गरिएको २ लाख ५१ हजार गरि कुल ८ लाख ५१ हजार तथा आफ्नो जन्मदिनको लागि छ्ट्याएको नगद रकम रु ५५ हजार सहित नगद चेक रकम शनिवार सत्यवती गाँउपालिका वडा नं. ३ ठूलोलुम्पे र वडा नं. ४ लिम्घाका पहिरो पीडितहरुलाई सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका छन् ।
पहिरो पीडित विद्यार्थीहरुको अध्ययनका लागि लायन्स अफ काठमाण्डौ मेल्विन जोन्स, नेपाली काँग्रेस गुल्मी काठमाडौ सम्र्पक समिति, परदेश एकता सहकारी, हाम्रो श्रङ्गेली समूह, खज्याङ्ग काठमाण्डौ समाज तथा अष्टेलिया, क्यानाडा, दुवई, जापान, भारत, दक्षिण कोरिया, अफ्रिका, ब्रिटेन युके, अमेरिका तथा नेपालका विभिन्न शहर बजारका स्थानमा रहेका नेपालीहरुलाई समाजिक सञ्जालको अभियान चलाएर उक्त रु ६ लाख ५ हजार रकम संकलन गरिएको थियो । साथै उक्क्त सहयोग कार्य जारी रहेको सामाजिक अभियन्ता कंडेलले बताए ।
गत साउन ६ गते सोमवार राति अविरल बर्षासँगै परेको पानीले सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घा गरि १३ जनाको मृत्यु भएको थियो भने झण्डै ४ सय घरपरिवार पहिरोबाट प्रभावित भएकाहरुलाई अहिले अस्थायी रुपमा विभिन्न विद्यालय तथा छिमेकीको घर र खुल्ला चौरमा टेन्ट टागेर बसालिएको सत्यवती गााउपालिकाका अध्यक्ष ढकालले जानकारी दिए ।
सो कार्यक्रममा युवा नेता कंडेलले यो विपत्तिको बेला कुरा होइन काम गर्ने बेला भएकोले मानवीय सेवा नै जीवनको सबैभन्दा ठूलो धर्म हो भन्दै दुखको बेलामा आफूसक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।
साथै नेता कंडेलले विगत लामो समयदेखि सामाजिक रुपमा विद्यालय संघ संस्था लगायतमा सहयोग गदै आएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसी, नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समितिका उपाध्यक्ष कृष्ण खरेल, सचिव गोविन्द्र गौतम, समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत, नेपाल शिक्षक संघका कृष्ण भण्डारी सञ्चारकर्मी कौरव खत्री लगायतको सहभागिता रहेको थियो ।
यसैवीच सत्यवती गाँउपालिका ५ हसरामा रहेको सिर्जनशील युवा क्लवको लागि अभियन्ता कंडेलले भलिवल तथा फुटवल र ब्याडमिन्टन लगायत सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
खेलकुद सामाग्रीमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसीले खेलकुदले मानिसको जीवनलाई अनुशासित बनाउने औजार भएको बताउदै खेलकुदले समग्र जीवन पद्धतिको वृद्धि विकास गराउने हुदा खेलकुदबाटै यस क्षेत्रको परिचय दिने गरि खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे ।
सोही अवसरमा युवा नेता कंडेलले खेलकुदको माध्यमले अनुशासन र स्वास्थ्यका लागि समेत राम्रो हुने भएको यो सहयोग सुरुवात मात्र भएको भन्दै भावी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाउदै क्लवले समाजमा रचनात्मक कार्यमा जोड दिनु पर्ने बताए ।
सो अवसरमा नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समितिका उपाध्यक्ष कृष्ण खरेल,सचिव गोविन्द्र गौतम,समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत, पत्रकार कौरव खत्री लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सिर्जनशिल युवा क्लव सत्यवती गाँउपालिका ५ हसरा गुल्मीका अध्यक्ष गोकुल ज्ञवालीको अध्यक्षता क्लवका पूर्व अध्यक्ष प्रेम भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी बिष्णु प्रसाद भण्डारीले गरेका थिए । उक्क्त क्लव २०६१ सालमा स्थापना भई सामाजिक कार्यहरु गदै आइरहेको छ ।
यो लिंक पढौं:
गुल्मीको सत्यवती गाउपालिकामा पहिरोमा पुरिएर १३ जनाको मृत्यु, उद्धार कार्य जारी !