Sorry, that menu does not exist.
 

वडाध्यक्ष जीसी भन्छन् – “अर्याल परिवारको मुखै बढी !”

प्रेम सुनार, गुल्मी २०७६ साउन १९ । गुल्मीको सिमलटरीमा एक परिवरले अर्को परिवार माथी गरेको भनिएको अचेक्लीका सम्वन्धमा समाचार प्रकाशित भए लगत्तै मलिका गाउँपालिका वडा नम्वर ८ का डाध्यक्ष टिकाबहदुर जिसीले अफ्नो थप प्रतिकृया दिएका छन ।

‘सो वडाको सिमलटारीका शिक्षक ढुण्डिराज अर्याल र उनको परिवार माथी स्थानिय दधिराम पौड्याल , डिल्लीराम पौड्याल लगायतले साउन १२ गते हातपात गरेको सम्वन्धमा हिजो जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गराईएको छ’–वडाध्यक्ष जिसीले भने–‘ शिक्षक अर्यालकी छोरी शारदा अर्यालले म आफु वडाध्यक्षलाई पौड्याल परिवारको मलजल गरेको, उनीहरुको पक्ष लिएको भन्ने आरोप सरासर झुट हो ।’

‘त्यस दिन छलफलका लागि बोलाईएको बेला शिक्षक अर्याल र उहाँकी श्रीमतिले जो कोहीले सहनै नसक्ने गरि मुख छाड्नु भएको हो , उक्त गाली–गलौज सार्वाजानिक रुपमा भन्न सकिने खालको छैन । अर्याल परिवारको मुख बढि छ भनेर मैले भनि रहनु पर्दैन , त्यस दिन सुन्ने तमाम छन , यहाँ आएर सबै संग बुझे भई हाल्छ अघि पछि पनि उहाँहरुको बोल्ने शैली ।

त्यस पछि उनीहरुलाई सम्झाउने प्रयास स्वरुप झाक्के झुक्के पार्ने काम भएको थियो । त्यस क्रममा दुबै पक्ष विच हात हालाहाल भएकै हो । मुख छाड्नेले छाडे पनि हात हाल्ने पक्षको गल्ती ठानेरै माफी मगाएर औषधी उपचार खर्च दिलाईएको छ , म सबैको जनप्रतिनिधी हुँ मैले कहाँनिर पौड्याल परिवारको पक्ष लिएँ ? मेरो गुनासो यसैमा छ’ –वडाध्यक्ष जिसीले भने ।

शिक्षक अर्यालकी छोरी शारदा अर्यालले भने आफ्नो बाबु आमालाई पौडयाल परिवारले गत १० बर्ष देखि मानसिक र शाररिक तनाव दिदै आएको आरोप लगाउँदै भनिन–‘ आफ्नो परिवार माथी अचेक्ली हुँदै आएको सत्य हो , त्यस विरुद्ध न्यायको ढोका ढकढकाउन परेपनि तयार छौं । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply