Sorry, that menu does not exist.
 

तुरतुरेताल फुट्यो, खारमा पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध, तटीय भागमा सावधानी अपनाउन जरुरी !

कमल पौडेल, खर्वाङ २०७६ साउन २० । अबिरल वर्षा पछी आज विहान ४ बजेको समयमा बडीगाड खोलामा पानीको सतह बढेपछी (बाढी आएपछी) बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेतालको केहि भाग फुटेको छ । तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ । तुरतुरेताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछी त्यस तलका तटिय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार क्षेत्रमा स्थानीयबासी केहि आतंकित बन्न पुगे । यो समाचार लेखिरहँदा तालको पानी घट्न रोकिएकोले आतंकित हुनु पर्ने अवस्था नरहेको बताईएपनि सबै तटिय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ । अहिले सम्म खोलाको बहावले कतै कुनै क्षति गरेको छैन त्यसैले आत्तिनु पर्ने अवस्था नरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तुरतुरे पहिरो
मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ। घटना स्थलमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली आएको छ भने भिमगिठे बजारको तटिय क्षेत्रमा प्रहरी नायव निरीक्षक रिन वहादुर बैदवार, खार क्षेत्रमा प्रहरी सहायक निरीक्षक लालमणि भट्टराइ र खर्वाङ क्षेत्रमा प्रहरी सहायक निरीक्षक मन बहादुर कार्कीले हालातको जायजा लिई रहेका छन् ।

यी लिंकहरु पनि पढौं

तुरतुरेमा भीषण पहिरो गएर बडीगाड खोला थुनिएपछी तटीय क्षेत्र जोखिममा, लोकमार्ग अबरुद्ध !

मध्यपहाडी लोकमार्गका प्रमुख डिभिजन ईन्जिनियर थापा कहाँ छन् ?

आजको तस्वीर : ज्यान हत्केलामा राखेर पहिरो वारपार !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply