छविलाल पाण्डे बुर्तिवाङ २०७६ साउन २२ । तमानखोला गाउँपालिकाले लाम्मेलामा साउन १९ गतेको पहिरोका कारण ज्यान गुमाएका घाइते भएका र घरमा क्षेती भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको आज बसेको बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएका ३ जनाको परिवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउन,े गम्भीर घाईते पोखरामा उपचार गराइराखेका ३ जनालाई प्रति व्याक्ति रु ५० हजार र सामान्य घाईते भएका ४ जनालाई प्रति व्याक्ति २०÷२० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
त्यस्तै सोहि बैठकको निर्णय अनुसार ५ घर पुर्णरुपमा पहिरोले क्षेति पुर्याएका कारण गाउँपालिकाले घर निर्माण गरी दिने अन्य ३ घर आँशिक क्षेति भएका कारण दुईघरलाई प्रति परिवार १०÷१० हजार र १ घरका लागि ५ हजार रुपैयाँका दरले तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।
त्यसैगरी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीले पाउने सेवा सुविधा वापत एक महिनाको पचास प्रतिशत रकम र कर्मचारीको तर्फबाट एक महिनाको पाँचदिन बराबरको तलब समेत पीडित परिवारलाई उपलब्ध गराउने निर्णय भएको छ ।
गत साउन १९ गते गएको पहिरोका कारण तमान गाउँमा अझै ७ घर पहिरोको जोखिममा रहेको पाइएको छ । पिडित परिवारलाई थप सहयोग पुर्याउन तमानक्षेत्रका युवाहरुले बुर्तिबाङ। काठमान्डौ लगाएतका क्षेत्रमा आर्थिक सहयोग अभियान सुचारु गरेका छन् । गाउँपालिकाले घर भत्किएका तथा घाइतेलाई खाध्यन्न तथा बासको व्यवस्थापनमा सहयोग गरेको हो ।