निर्मल पौडेल, बागलुङ २०७६ साउन २२ । बागलुङ नगरपालिका १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित ओम वहादुर खत्रीको उपचारमा समस्या भएपछी अमेरीकामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पैयूँपाटाका युवा समाजसेवी वासु पौडेलको विशेष पहलमा साथीभाईहरुले खाने खाजा खर्च कटाएर पीडित खत्रीलाई ९० हजार ५ सय ८५ रुपैँया सहयोग गरेका हुन् ।
अमेरिकामा रहेका प्रवासीहरुले संकलन गरेको उक्त रकम पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेल मार्फत आज पीडितका परिवारलाई उपलव्ध गराईएको छ । सहयोग गर्नेहरुमा यामलाल गिरी, वासु पौडेल, शंकर पौडेल, शिव गौतम, धन वहादुर खत्री, परशुराम पौडेल, रामु रोका, गणेश पौडेल, सञ्जय रेग्मी, जीवन गैरे,इश्वर शर्मा, निर वहादुर क्षेत्री, दिपक रिजाल, डोलिन पौडेल, गणेश नेपाली, हरी रोका ,विमल रोका रहेका छन् ।
लामो समय देखी विरामी रहेका खत्री हाल भरतपुरको क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । एकदमै न्यून आर्थिक अवस्था भएका खत्रीलाई उपचारमा थोरै भएपनी राहत होस् भन्ने हेतुले आफूले उक्त रकम संकलन गरी पठाएको पौडेलले वताए ।
मजदुरी गरेर जीवन गुजारा गर्दै आएका खत्री विरामी भएपछी परिवारमा समेत विचल्ली भएको स्थानिय नरेश शर्माले वताए । अस्पतालमा जीवन र मृत्यु संग लडिरहेका निज खत्रीको परिवारमा वुढी आमा, श्रीमती, छोरा र छोरी रहेका छन् । वावा विरामी भएपछी १४ वर्षिय छोरा समेत मानसिक रोगी जस्तै भएको स्थानियको भनाई छ । आर्थिक अवस्था न्यून भएका कारण उपचारमा समस्या भएपछी पीडित परिवारले सहयोगको अपील गरेका छन् ।