Sorry, that menu does not exist.
 

नाच्ने डाॅडा संरक्षण समाजले तीज महोत्सवको तयारी तीव्र, उपसमिति गठन !

थम्मन थापा, गल्काेट २०७६ साउन २२ । नाच्ने डाॅडा संरक्षण समाजले तीज महोत्सवको तयारी तीव्र पारेको छ । हरितालिका तीजको अवसरमा मौलिक परम्परागत कला संस्कृतिको संरक्षण सम्वर्दन महोत्सव आयोजना गरिएको समाजले जनाएको छ ।

आगामी भदौ १५ र १६ गते गलकोट नगरपालिका ७ मल्ममा सञ्चालन हुने महोत्सव सफल पार्न आज बृहत छलफल तथा अन्तरकृया गरिएको छ । सो अवसरमा विभिन्न उपसमिति गठन गरिएको छ । जस अन्तर्गत ज्ञान बहादुर थापाको संयोजकत्वमा आर्थिक संकलन, थम्मन थापा सन्देशको संयोजकत्वमा सुचना तथा सञ्चार, हुम बहादुर बस्नेतको संयोजकत्वमा अतिथि समन्वय, लोक बहादुर थापाको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन, राज कुमार दर्जीको संयोजकत्वमा वाद्यवादन, झम बहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सरोज थापाको संयोजकत्वमा प्रचार प्रसार, चिरञ्जीवी मरासिनीको संयोजकत्वमा सचिवालय समिति, दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार लगायत गठन गरिएको संस्थाका अध्यक्ष कोपीला खडकाले जानकारी दिइन ।

महोत्सवमा बृहत तीज गीत तथा नृत्य प्रतियोगिता, विभिन्न विधामा महिला अभिनन्दन सॅगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने संस्थाका सचिव कोपिला थापाले बताउनु भयो । नाच्ने डाॅडा गलकोट क्षेत्रकै एक ऐतिहाॅसिक स्थलको रुपमा परिचित रहेको छ ।

यहाॅ झण्डै २ सय वर्ष पहिले देखि तीजको दिन दिदी बहिनी आमाहरु जम्मा भएर तीजका गीत गाएर नाच्दै आईरहेको बुढापाका बताउछन । ऐतिहाॅसिक महत्व बोकेको यस ठाउॅमा सदियौं देखि तीज मेला हुने गरेकोमा यसपाली पहिलो पटक तीज महोत्सव सञ्चालन गर्न लागिएको छ । तीज महोत्सवमा मुख्य आयोजकको रुपमा नाच्ने डाॅडा संरक्षण समाज रहेको छ भनें आयोजकको रुपमा सिद्वेश्वर शिवालय सेवा समिति रहने छ । महोत्सव सफल पार्न १ सय १ सदस्यीय महोत्सव मुल समारोह समिति चयन गरिएको समाजले जनाएको छ ।
फाईल तस्विर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply