प्रकाश छन्त्याल, बरेङ २०७६ साउन २४ । बागलुङ जिल्ला पर्यटन बोर्ड बागलुङको बर्ष २०१९ देखी २०२२ को पर्यटन प्रवद्वन कार्यक्रम संचालन गर्ने उदेश्यले बरेङ गाँउपालिकाको कार्यालय सुडालामा बिहिबार स्थानिय उपसमिती गठन गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङगानाको बिशेष उपस्थिती र बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा ९ सदश्यीय स्थानिय उपसमिती गठन गरिएको छ ।
जसमा सदस्य उपध्यक्ष डिलकुमारी पुन, सदस्य वडा न १ वडा अध्यक्ष नरसेङ पुन, सदस्य वडा न ४ वडा अध्यक्ष लिल बहादुर खत्री, सदस्य वडा न ५ वडा अध्यक्ष अमर बहादुर शेरपुर्जा, सदस्य सिग्दी होम स्टेका अध्यक्ष हिरा बहादुर पुन, सदस्य साग्दी सत्यवती सचिव हर्क बहादुर बुढाथोकी, सदस्य होटल ब्यबसायी दुर्गा कार्की थापा क्षेत्री र सदस्य सचिवमा बरेङ गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेल रहेका छन ।
समितीले गाँउपालिकाको पर्यटन गुरुयोजना बनिसकेको सन्र्दभमा बनिसकेको गुरुयोजनालाई प्राथमिकता दिई पहिचान गरिएका पर्यटकिय स्थलहरुलाई स्तरोन्नति गरि पर्यटन बर्ष २०२० तथा प्रदेश सरकारको पर्यटन बर्ष २०१९ देखी २०२२ संग समन्वय गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने बिभिन्न कार्यक्रम सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
गाँउपालिकामा स्थानिय उपसमिती गठनमा सहजिकरण गर्न आफनो ब्यस्तताको बावजुत पालिकासम्म आउएका जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङगानालाई स्थानिय उपसमितीले बिशेष धन्यवाद ज्ञापन गरेको थियो ।
यसैवीच बरेङ गाँउपालिका अन्तरगतका ३५ वटा सामुदायिक बिधालय मध्ये ३० बिधालय बर्षे बिदा पछि संचालनमा आएको छ । सर्बोदय माध्यामिक बिधालय हुग्दिशिर बरेङ, हुिग्दशिर प्राथमिक बिधालय पोखराचौर र प्रगती प्राथमिक बिधालय दलेङ, घुल्लु लिउवा मा बि, शारदा माबि, मंगलमय नेपालतारा प्राबि बास्कोट, नेपाल आमा प्राबि काउलेचौर, नेपाल कर्तब्य पालन प्राबि उर्लेनी, टिमुरे घाट प्राबि टिमुरे,शान्ती प्राबि, पन्चरत्न प्राबि, नेपाल बिश्व स्वतन्त्र प्राबि, सृजना प्राबि, अरनिको प्राबि, बालज्योती प्रबि, जनज्योती प्राबि, सगरमाथा प्राबि, बालबिकाश आधारभुत बिधालय, ज्ञानोदय आधारभुत बिधालय, जनता प्राबि,साग्दी प्राबि, धनज्याती प्राबि, बसन्त प्राबि,सल्यान सुखौरा माबि, धौलागिरी प्राबि, जनजाग्रीति प्राबि, सरस्वती प्राबि, शिवालय प्राबि, सुखौरा प्राबि लगायतका बिधालयहरु बर्षे बिढा पछि संचालनमा आएको छ भने महेन्द्र माबि सुखौरा, भृकुटी माबि हुग्दिशीर, पुरुषोदय माबि बराहकोट, जनकल्याण प्राबि सुखौरा र नेपाल तारा प्राबि लुङदी आईतबार देखि संचालनमा आउने बरेङ गाँउपालिकाका स्रोत ब्यक्ती यज्ञ प्रसाद न्यौपानेले जानकारी दिए ।
अबिरल बर्षाको कारण बरेङ गाँउपालिका अन्तरगत गत बर्ष भिषण बाढी पहिरोले केहि बिधालयको भौतिक संरचना बिगारेको भए पनि त्यसलाई गाँउपालिका लगाएत दाताहरुबाट सहयोग लिई पठनपाठनलाई सहजता बनाउन बिगे्रका संरचनाको सुधार गरिएको थियो ।
3 Comments