साथ छुटेको छ, अनि गम्भिर भएको छु ।
भाग्य फुटेको छ, अनि गम्भिर भएको छु ।
चुरा फुटेसरी जब सम्बन्ध फुट्न थाले…
सपना टुटेको छ, अनि गम्भिर भएको छु ।
***
भाग्य फुटेको एक तक्दिर हुने छ ।
हो मुटुभित्र गडिएको पिर हुनेछ ।
फेसबुकमा मृत्युको खबर आयो भने
गृहपृष्ठमा हेर्नु मेरो तस्बिर हुनेछ ।
बुर्तिवाङ
२०७६ साउन २५ ।