झम सिर्पाली, निसीखोला बागलुङ २०७६ साउन २५ । निसीखोला गाउँपालिकामा सहकारी र कृषि विचको अन्तरसम्बन्ध यसको महत्व र आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको उक्त कार्यक्रममा निसिखोला गाउँपालिका वडा न. १ र २ का विभिन्न २७ वटा कृषि समुहका गरि सय जना भन्दा बढी कृषकहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष ईद बहादुर रसाइलीले कृषि र सहकारीविचको अन्तरसम्बन्ध यस्को आवश्यकता र महत्व विषयमा प्रकाश पारेका थिए। त्यस्तै निसीखोलाका कृषि शाखा थिए । त्यस्तै पशुसेवा शाखाकि सीता खत्रीले पनि व्यवस्थित पशुपालन यस्को व्यवसायिकरण लगायतका विषयमा बोलेका थिए ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै निसीखोला गाउँपालिका वडा नं २ का अध्यक्ष कुविर विश्वकर्माले सहकारीले किसानहरुलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने र कृषकहरु पनि व्यवसायिक बनि दैनिक आयआर्जनको श्रोत व्यवस्थापन गरेर सहकारीमा बचत गर्ने बानीको विकास गरे कृषि र सहकारी दुबैको विकास एवं प्रगती हुने बताए । थप बोल्दै उनले कृषि विकासको लागि वडाले विभिन्न कार्यक्रम ल्याएको र अझै प्रभावकारी बनाउन लगानी बढाउन आवस्यक रहेकाले गाउँपालिका , प्रदेश सरकार एवं कृषि ज्ञान केन्द्र लगायतका निकायमा विषेश पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी सम्पुर्ण कृषक समुहहरुलाई सहकारीले विभिन्न ५ जातका तरकारीका बीउ निशुल्क उपलब्ध गराएको छ ।
समाजसेवी एवं सहकारीका सल्लाहकार भबिन्द्र बहादुर कुवँर, प्रबन्ध निर्देशक भिम बहादुर घर्ती सदस्य टेक बहादुर घर्ती लगायतको आतिथ्यता रहेको उक्त अन्तरक्रिया कार्यक्रम सहकारीका उपाध्यक्ष ईद बहादुर रसाईलीको अध्यक्षता तथा सचिव ओमलाल खत्रीको संचालनमा समपन्न भएको थियो ।