Sorry, that menu does not exist.
 

वास्तविक जोगी सन्यासी र महात्मालाई मन्दिर परिसरबाट हटाएका छैनौ–खड्का

कोपीला कंडेल, बागलुङ २०७६ साउन २६ । कालीका भगवती गुठी ब्यबस्थापन समिति बागलुङका अध्यक्ष राजु खड्काले जोगी सन्यासी र महात्मालाई मन्दिर परिसर बाट नहटाएको दाबी गरेका छन् । धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक साक्षात्कार कार्यक्रमको ३५ औ श्रृङ्गखलामा बोल्दै मन्दिर परिसरमा बसेर होहल्ला गर्ने लागु पदार्थ सेवन गर्ने तथा एकै परिवारका तिन पुस्ता सम्म माग्न बस्नेलाई आवश्यकता अनुसार रोजगार पुनस्थापन र खाना र आवासको ब्यवस्थापन गरेर मात्र उनले वास्तविक साधु सन्त महात्मा र जोगीको लागि मन्दिरलेनै खाना र आवासको ब्यवस्थापन गर्न सकिने पनि बताए ।

उनले हाम्रो उदेश्य मन्दिरलाई मगन्ते मुक्त बनाई उनिहरुको दैनिक जीवनमा सहजिकरण गर्ने हो, मन्दिर ब्यवस्थापन समिती लगायत अन्य सरोकारवाला मिलेर सबैको सहमतिमा अन्यत्र व्यवस्थापन गरेर मात्र हटाएका हौ । खडकाले मन्दिर परिसरबाट हटाईएको बिषयलाई कुरा नबुझी गलत टिप्पणी गरेको प्रति दुखेसो ब्यक्त गरे ।

मन्दिरको चौतर्फी बिकास गरी धार्मिक पर्यटकीय गन्तब्यको रुपमा लागि परेको भन्दै मन्दिर परिसरमा हुने गलत क्रियाकलापलाई निरुत्साहित गर्नका लागि कदम चालेको उनको भनाई थियो । सामाजिक कार्य गर्दा आईपर्ने केही समस्या टिप्पणी प्रति कुनै आग्रह पुर्वाग्रह छैन अध्यक्ष खड्काले भने, मैले जतिसक्दो कालिका मन्दिर लगायत जिल्लालाईनै धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्नका लागि लागपरेको छु । उनले मानवीय काम गर्दासमेत समस्या आउने गरेको बताए ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता कोषाध्यक्ष कोपीला कंडेलको स्वागत मन्तब्य र क्लबका सचिव प्रदीप पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply