भाषण गरेर राशन खानेले बिगारे देश।
पेट दुख्दा बिदेश जानेले बिगारे देश।।
जनतालाई करको थुप्रो बोकाई बोकाई,
आफू प्राडो पजेरो लानेले बिगारे देश।।
***
गणतन्त्रले ठुलै समृद्दी लाउछ भन्थे।
देशमा आर्थिक वृद्धि ल्याउछ भन्थे।।
समृद्ध नेपाल सुखी नेपालीको नारा,
बिकासै बिकासले सबै भ्याउछ भन्थे।।
***
आयो भोट माग्यो र गफ दियो।
जित्यो ठाउँ छोड्यो टाप दियो।।
फर्केलान् भन्ने आसै हरायो अब,
नमेटिनेगरी गहिरो छाप दियो।।
***
भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमायो।
जनताको कर हसुर्यो डकार्यो रमायो।।
लागोस् सराप यी दुखी जनको सदा,
सुनियोस् कुकुर सरि मर्यो त्यो गनायो।।
#५#
चप्पल लगाएर क्रान्ति गर्यो उसले।
सपना सजाएर क्रान्ति गर्यो उसले।।
मारेर हजारौं बगाएर रगतको खोला,
महलमा बसाई सर्यो आज उसले।।
राम प्रसाद शर्मा
बागलुङ
२०७६ साउन २६ ।
One Comment