Sorry, that menu does not exist.
 

जापानको ओकिनावामा सम्पन्न कराते विश्व च्याम्पिएन्शिपमा नेपाललाई ४ पदक !

भरत सापकोटा, बिहुँ बागलुङ ३०७६ साउन २७ । यहि अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावा मा सम्पन्न, कोशिकी करातेको विश्व महासम्मेलन एबं विश्व च्याम्पिएन्शिप मा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका छन्।

१८ देशका १५० बढी खेलाडी एबं प्रशिक्षक सहभागी उक्त प्रतियोगितामा नेपालका तर्फबाट , नेपाल कोशिकी करातेका अध्यक्ष एबं प्रशिक्षक कृष्ण प्रसाद कंडेलको नेतृत्वमा ९ जनाको टोलीले सहभागिता जनाएको थियो । जस मध्ये जुनियर पुरुष काता स्पर्धामा नेपालका साहिल कंडेलले क्यानडा का खेलाडीलाई १७ अंकले पछि पार्दै दोश्रो हुन सफल भए भने प्रथम स्थान क्यानडाका खेलाडी नै भएका थिये । त्येसै गरि जुनियर पुरुष ९ १३ बर्ष मुनि ०को स्पर्धाको सेमिफाइनलमा नेपालका सुगम गुरुङले क्यानडाका नोहा मेहरीलाई हराउदै दोस्रो स्थान प्राप्त गरेका थिए, जसको फाइनल खेलमा क्यानडाका सोलोमोन ज्याकमेन संग २ अंकको फरकमा हार बेहोरेका थियो। त्येसै गरि जुनियर १७ बर्ष मुनिको प्रतिस्प्रधामा अस्ट्रेलियाका खेलाडीलाई हराउदै सेमिफाइनल प्रबेश गरेका नेपालका अमृत के सी ले पनि क्यानडा कै खेलाडी विल क्रीप्प्स संग झिनो अंकले हार्दै तेस्रो स्थान प्राप्त भएका छन।

त्येसै गरि पुरुष सिनियर लाइट वेट स्पर्धामा नेपालका कृष्ण प्रसाद कंडेलले अस्ट्रेलियाका खेलाडीलाई हराउदै सेमि फाइनल प्रबेश गरेका थिए भने जापानका खेलाडी संग १ अंकले पराजित हुँदै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । उक्त स्पर्धामा अमेरिकाका ब्रुस्ली वाल्कर प्रथम हुन सफल भएका छन ।

नेपालको ग्रामिण क्षेत्र बागलुङबाट सहभागी सबै खेलाडी अप्र्याप्त पुर्बाधार साथै जुनियर स्पर्धामा उमेरलाई मात्र आधार मान्दा आफू भन्दा धेरै ठुला तौलका खेलाडी संग स्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको , नेपाली टिमका प्रमुख कृष्ण प्रसाद कंडेलले जानकारी गराए । जम्मा ५ वटा बिधा मासंचालन गरिएको उक्त प्रतियोगितामा प्रथम अस्ट्रेलिया भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply