Sorry, that menu does not exist.
 

बरेङ गाँउपालिकामा लोप हुदै पम्परपरागत संगीत, सस्कृती, जर्गेना गर्न पुनको आग्रह !

हिरा पुन बरेङ २०७६ साउन २९ । कुनै बेला निकै चर्चित र लोकप्रिय गीत, संगीत संस्कृति एक समय हरेक साँझ गाँऊ गाँऊमा युवाहरुले गुंन्जयमान बनाउथे । बरेङ क्षेत्रमा हुने हरेक मेला पर्व र उत्सवहरुमा घन्किने गीत, संगीत अहिले लोप भईसकेको र आफुहरुको पालामा गाउने बजाउने र रमाउने गीत संगीत हराउदै जाँदा आफुलाई नरमाईलो लागेको बरेङ गाँउपालिका २ सिग्दी बस्ने ६३ बर्षे भारतीय सेनाका भुतपूर्व गँग बहादुर पुनले बताए ।

पहिले पहिले मुरली, हरियो पात, डम्फु, मादलको सुर ताल र भाका मिलाएर बजेको सुन्दा निकै सुमधुर सुनिन्थ्यो युवाहरुले बजाउथे गाँउलेहरुले सुनेर आनन्द लिने पुनले बताए ।

पुनको जमानामा कुन गाँउको राम्रो र चर्को बज्ने भन्ने प्रतिस्पर्धानै हुने भएकाले युवाहरुले जोसले मादल डम्फु बजाउने, सुुस्केरा बजाउने र होहल्ला समेत गर्ने गर्दथे ।

पुन सम्झन्छन्, गाँउघरमा हुने हरेक मेला पर्व, छैटी, भात खुवाई, विवाह चौरासी पुजा, अन्य पुजा र लाहुरबाट लाहुरेहरु घर आउदा यानीमायाँ, सुनीमायाँ, सालैजो गीत संगीत गाउने प्रचलन थियो ।

खास गरि बरेङ बजारमा लाग्ने तीजको मेलामा यस्तो खालको गाउने बजाउने प्रतिस्पर्धा नै हुने गर्दथ्यो । बरेङ आसपासका सबै जसोे गाँउहरुबाट युवायुवतीहरु गाउदै बजाउदै बरेङको तीज मेलामा आउने गर्दथे । यसरी आउदा करिव दुई दर्जन बढी समुहको बरेङमा जमघट हुने र बरेङको डाँडामा हजारौ मानिसको विचमा सयौ मादल डम्फु र मुरलीलेको आवजले संगीतमय हुने गरेको पुनले बताए ।
सबै तिरबाट गाउदै बजाउदै र नाच्दै ओहोर दोहोर गर्ने गर्दा कहिले काँही समुह समुहको विचमा प्रतिस्प्रधा भई निकै एकआपसमा ठुला झैझगडा समेत हुने गरेको उनले बताए ।

तर आज यिनै मेला पर्व, महोत्सव र शुभकार्यहरुमा राष्ट्रिय कलाकारहरुको सहभागितमा ठुला ठुला साउण्ड बक्सहरुको प्रयोग गरी रमाइलो गर्ने प्रचलनको विकासले गर्दा परम्परागत रुपमा गाउने बजाउने संस्कार संस्कृतिको लोप भई सकेकोले अहिलेको पिंढीले पुराना संस्कृतीको जर्गेना गर्नु पर्ने पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply