Sorry, that menu does not exist.
 

सडक छेउमा फ्याँकिएको, रेडक्रसको एम्बुलेन्सलाई म्युजियममा राख्ने तयारी ?

रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन ३१ । बागलुङ नगरपालिका-४ शिवधारचोक देखी माथी एक एम्बुलेन्स केहि वर्ष देखी बेबारिसे अवस्थामा फ्याँकिएको (राखिएको) छ । एम्बुलेन्सको पेटमा नेपाल रेडक्रस सोसाईटी बागलुङ र त्यसको छेउमै एनआरएन जापान लेखिएको छ । एम्बुलेन्सको अग्रभागको सिसा फुटेको छ र प्रयोगविहीन (कवाडी) अवस्थामा रहेको छ । यो बाटो भएर ओहोर दोहोर गर्नेहरुले एम्बुलेन्सलाई कवाडीकोरुपमा फ्याँकिएको देखेर टीका टिप्पणी गर्दै आएका छन् ।

नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले आफुले पनि केहि वर्ष देखी यो एम्बुलेन्स यस अवस्थामा देखिरहेको बताउदै यो बागलुङ रेडक्रसको नभएको जानकारी दिए । उनले एनआरएन जापानले गल्कोटलाई सहयोग स्वरुप दिएको सुनेको बताए ।

गल्कोटका सामाजिक अभियन्ता राज थापासंग सम्पर्क गर्दा उनले गल्कोट मल्मले सुविधा सम्पन्न उक्त एम्बुलेन्स केहि समय सन्चालनमा ल्याएको जानकारी दिँदै त्यस्मा खराबी आएपछी पाटपूर्जाहरु नेपालमा नपाईने र जापानबाट झिकाएर मर्मत गर्ने सम्भावना समेत नरहेकोले यस अवस्थामा पुगेको बताए ।

वषौँँ देखि यसरी बेबारिसे राख्नु भन्दा नबन्ने भएपछी सोहि अनुसार व्यवस्थापन गर्नु राम्रो हुने चर्चा चल्दा अभियन्ता थापाले यस सम्वन्धमा सरोकारवाला निकायहरुसंग पत्राचार भएको तर कुनै जवाफ नआएको जानकारी दिए । उनले एकजना मित्रले यसलाई मर्मत गरेर म्युजियममा राख्ने बनाईदिने बचन दिएकोले त्यसतर्फ बिचार भैरहेको पनि बताए । तर उनले कहाँको कुन म्युजियममा राख्ने हो भन्ने खुलासा गरेनन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply