Sorry, that menu does not exist.
 

भारतीय राजदूताबासले दियो युवा स्वयंसेवी प्राविको पुस्तकालयको लागि नगद रु २० हजार !

कौरव खत्री, गुल्मी २०७६ साउन ३१ । गुल्मी मुसिकोटको एक प्राथमिक विद्यालयलाई नेपाल स्थित भारतीय राजदुताबासव्दारा पुस्तकालय हस्तान्तरण गरिएको छ ।

भारतीय राजदुताबासले १५ अगस्त अर्थात विहिवार काठमाडौमा भारतको ७३ औ स्वतन्त्र दिवसका अवसरमा नेपाल स्थित भारतीय राजदुताबास राजदुत मञ्जीवसिंह पुरीव्दारा गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा स्थित युवा स्वयंसेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सान बहादुर बलामीलाई पुस्तकालयको लागि २० हजार नगद चेक हस्तान्तरण गरेका थिए ।

गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवामा जन्मेर हाल काठमाडौमा बस्दै आएका समाजसेवी बेलसिंह ठकुरीको पहलमा उक्क्त पुस्तकालय परेको हो ।

साथै समाजेवी बेलसिंह ठकुरीले यस क्षेत्रका प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यालयहरुको लागि नेपाल स्थित भारतीय राजदुताबासमा पुस्तकालय तथा कम्प्युटर सहयोगका लागि पहल गदै आइरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply