बागलुङ २०७६ भदौ १ । पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर प्रति विद्यार्थी नेताले चासो देखाउन थालेका छन । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका निम्ती छात्रबृति र पुरस्कार वितरण लगायतका कार्यक्रममा युवा विद्यार्थीहरु सक्रिय देखिन थालेका छन ।
जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको आधारभुत विद्यालयमा नेपाल विद्यार्थी संघका नेता सागर परियारको नेतृत्वमा विद्यार्थीका लागि स्कुल डे«स वितरण गरिएको छ ।
काठमाडौंको सेल्फ नेपाल संस्थाको सहयोगमा आफ्नै गाउँको विद्यालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको छ । विद्यालयको विकास र विद्यार्थीको शैक्षिक उन्नयनका निम्ती सहज बातावरण सृजना गर्न स्कुल ड्रेस वितरण गरिएको नेविसंघका निवर्तमान उपाध्यक्ष समेत रहेको परियारले बताए । हामीले यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीको मनोबल उच्च बनाउनका निम्ती यो अभियानको थालनी गरेका हौं परियारले भने, ‘सानो सहयोगले विद्यार्थीलाई पढनका लागि हौसला प्रदान होस भन्ने हाम्रो चाहना हो, गरिब तथा जेहेन्दारका निम्ती यो ठुलो प्रेरणा हुने छ, आगामी दिनमा अन्य विद्यालयमा पनि आवश्यक सहयोग गर्नेछौं ।
विभिन्न निकायबाट छात्रबृति, र पुरस्कार सहयोगले विद्यालयमा विद्यार्थीको निरन्तरता र पढाईमा थप सहयोग पुग्ने विद्यालयमा प्रध्यानध्यापक उमनाथ रिजालले बताए । विद्यार्थीको लागि १ लाख २० हजार बराबरको डे«स वितरण गरिएको सेल्फ नेपालका अध्यक्ष केभिना कट्टेल सुधाले बताईन । डे«स वितरण कार्यक्रममा बौल्दै अध्यक्ष सुधाले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि आफ्नो संस्थाको यो सानो सहयोग भएको हुँदा निकट भविश्यमा अझ धेरै सहयोगहरु गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार, बागलुङ नगरपालिकाका नगरकार्यपालिका सदस्य पुष्पा केसी लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षता पुर्व प्रध्यानध्यापक लेखनाथ सुवेदीको स्वागत र शिक्षक हरि सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
2 Comments