महेन्द्र केसी, पर्वत २०७६ भदौ ३ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुको गरिमा खस्कदो अवस्थामा रहेको बताएका छन् । पछिल्लो समयमा पत्रकारीता क्षेत्रमा मौलाएको विकृतिका कारण पत्रकाहरु बदनाम भएको उनको बुझाई छ । उनले पत्रकारहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर लैजान आग्रह गरे ।
पछिल्लो समयमा चलिरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामिछाने पक्राउ बारे उनले भने हामी दोषीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा छौं । पत्रकार रवि लामिछाने पक्राउ पर्दैमा अपराधी नभएको बताउँदै उनले अनुसन्धानमा अवरोध पुयाउने गरी भीड जम्मा गर्नु आवश्यक नभएको बताए ।
कानूनी राज्यमा अपराधीलाई कारवाही हुन्छ । यदि यो घटनामा रविको संलग्नता पाइयो भने कानूनले उनलाई छोड्दैन । तर पक्राउ परेसँगै जून रुपमा भीड जम्मा भएको छ यसले अनुसन्धानलाई अवरोध पुर्याउने देखिन्छ उनले भने ।