Sorry, that menu does not exist.
 

३३ हप्ताकी गर्मवती बेहोस महिलाको हेलिकप्टरबाट उद्धार !
बुर्तिवाङ स्वास्थ्य केन्द्रमा सम्भव नभएपछी गण्डकी अस्पताल पोखरामा आईसीयुमा उपचार हुँदै !

बुर्तिवाङ २०७६ भदौ ३ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुतिका लागि ल्याईएकी ३३ हप्ताकी गर्भवती महिलाको हेलिकप्टर व्दारा उद्धार गरी थप उपचारकालागी पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका वडा नं ६ छालहाल्ना पुरानोगाउँकी १९ वषिया गर्भवती ईश्वरी बुढा eclampsia बाट बेहोस भै खतरापूर्ण अवस्थामा रहेकीले स्वास्थ्य केन्द्रको आग्रहमा सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशको विशेष सहयोगमा निशुल्क हेलिकप्टुको व्यवस्था भएपछी निज गर्मवती महिलालाई तत्कालै पोखरा लगिएको हो ।

्निज गर्भवती महिलाको उपचारमा खट्ने बुर्तिवाङ स्वास्थ्य केन्द्रमा कार्यरत डा कृष्णहरि श्रेष्ठ र डा दिलिप कोजु सहितको टीमले बुर्तिवाङमा सम्भव नभएपछी स्वास्थ्य केन्द्रले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा तत्काल निशुल्क हेलिकप्टरको व्यवस्थाका लागी पत्राचार गरेको थियो ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, उपनगरप्रमुख करमती पुन, नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलको विशेष पहल रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

गर्भवती ईश्वरी बुढाको गण्डकी अस्पताको आईसीयूमा राखी उपचार भैरहेको र सम्पूर्ण खर्च सामाजिक विकास मन्त्रालयले व्यहोर्ने कुराको जानकारी स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले दिएका छन् ।

तस्वीर- रितुवर्ण पौडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

11 Comments

Leave a Reply