Sorry, that menu does not exist.
 

प्रवास: टिटानस पीडित सुजन लिम्बुलाई नेपाली एकता समाजको सहयोग !

उद्धव मगर, दोहा कतार २०७६ भदौ ५ । नेपाली एकता समाज साहानिया एरिया समितिव्दारा आर्थिक सहयोग संकलन गरी टिटानस् पीडित सुजन थाम्सुहाँङ लिम्बुलाई सहयोग गरिएको छ ।

पाँचथर जिल्ला फालेलुङ गाउँपालीका वडा नं. १ निवासी धनरुप थाम्सुहाँङ लिम्बुको छोरा ११ वर्षे सुजन थाम्सुहाँङ लिम्बुको टाउकोको चल्नीमा काम गर्ने क्रममा लडेर रड भासिएको र गम्भीर समस्या भई टिटानस भएको र टाउकोको अप्रेशन गर्नु पर्ने भएकोले केही महिनादेखी विर्तामोड B.MC हस्पीटलमा उपचार भईरहेको र थप उपचारका लागी इन्डिया लानु पर्ने भएकोे हुँदा घरको आर्थिक अवस्था जटील भएकोले उक्त विरामीको थप उपचारका लागी कतार नेपाली एकता समाज साहानीया एरिया समितिव्दारा आर्थिक सहयोग संकलन गरी निजको दाई प्रकाश थाम्सुहाँङ लिम्बुलाई नेपाली रुपैयाँ ५४ हजार १ सय ६ हस्तान्तरण गरेको छ ।

आर्थिक संकलन अभियानमा सहयोग पु्याउनु हुने मनकुमार योङहाङ्ग, पुर्ण कुमार जबेगु, निमा सेर्पा, होम बहादुर मगर, रोशन लिम्बु, विष्णु कुमार जबेगु, लाई कतार नेपाली एकता समाज साहानीया एरिया समितिका अध्यक्ष प्रीजल राईले सबै कर्मठ र सहयोगी साथीहरुलाई अन्तरात्मा हृदयदेखी मुरी–मुरी धन्यवाद दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply