सुमन सुनार, बुर्तिबाङ २०७६ भदौ ५ । ढोरपाटन नगरपालिका वडा नं. ६ चामिव्दारमा विषालु च्याउ खाँदा एकै घरका २ जना सिकिस्त विरामी परेका छन् ।
स्थानिय ६८ वर्षिय लक्षमण सिंह बुढा मगर र उनका बुहारी वर्ष २८ की प्रतिक्षा बुढा मगर सिकिस्त विरामी परेको ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले जानकारी दिईन । विरामीको उद्धारमा खटिएका नगर उप–प्रमुख पुनका अनुसार, आज विहान करिव ८ बजेतिर आफ्नै घरदैलोमा उम्रिएको मल्लेउ र सिताके जातको च्याउ खाँदा उनिहरु विरामी परेका हुन् ।
अचेत अवस्थामा रहेका दुवै जनाको अधिकारीचौर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि हेली मार्फत मणिपाल अस्पताल पोखरा पठाइएको स्वास्थ्य चौकी प्रमुख (हेल्थ असिष्टेन्ट) कल्पना घर्तीमगरले जानकारी दिईन । उनिहरुको अवस्था गम्भीर देखिए पछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको विशेष पहलमा हेली चार्टर गरी पोखरा रिफर गरिएको हेल्थ अशिष्टेन्ट घर्तीले बताईन् ।
जङ्गली च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर र्पुयाउने भएकाले विरामीको ज्यानै समेत जान सक्ने घर्तीको भनाई छ । अखाद्य च्याउले वाकवाकी लाग्ने, बान्ता हुने, पेट काट्ने, पखाला लाग्ने हुनुका साथै कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्ने हेल्थ अशिष्टेन्ट घर्तीले बताईन् ।
2 Comments