कोपिला कंडेल,बागलुङ २०७६ भदौ ५ । जिल्ला ट्राफिक कार्यालय बागलुङले चालु आर्थिक बर्षको साउन महिनामा ७ सय ५० वटा नियम बिपरित संचालन भएका सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक नियम बिपरित संचालन भएका २५ वटा ट्रक ५० वटा बस ३ सय १४ जिप ८० ट्याक्टर २ सय १५ वटा मोटरसाईकल र स्कुटर गरी ७ सय ५० वटा सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।
कार्बाहीमा पर्नेमा बिना लाईसेन्स सवारी हाक्ने, चर्को ध्वनि प्रदुषण मदिरा सेवन गरेर सवारी चलाउने लगायत नियम बिपरित संचालन भएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको रानाभाटले बताए । बढ्दो सहरीकरण संगै सवारी चापले गर्दा हुन सक्ने दुर्घटनाको जोखिमबाट बच्नका लागि ट्राफिक नियमलाई कडाईका साथ लागु गरिने ट्राफिक प्रमुख रानाभाटले जानकारी दिए ।
जिल्लालाई दुर्घटनामुक्त बनाउनका लागि ट्राफिक नियमलाई पुर्ण पालना गरेर सवारी चलाउन उहांले सबैलाई आग्रह गर्नुभएको छ । साउनमा मात्र्र ट्राफिक प्रहरीले ४ लाख ५९ हजार रुपयां राजस्व संकलन गरेकोे जनाएको छ ।
साउन महिनामा काठेखोला गाउंपालिका अन्तर्गत पालामा बाबुले चलाएको सवारी साधन बाट एक बालकको ज्यान गएको थियो भने अन्य दुर्घटना भने नभएको कार्यालयका प्रमुख सई रानाभाटले जानकारी दिए ।
One Comment