Sorry, that menu does not exist.
 

गल्कोट-९ रिष्मीमा पुरानो भाकाको तीज गीतमा नाचेर मनाए महिलाहरुले दरखाने कार्यक्रम !(भीडीयो)

मित्रलाल खरेल, गल्कोट २०७६ भदौ ७ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको रौनक सुरु भैसकेको छ । तीजको अघिल्लो दिन राति खाईने/ख्वाईने दर पछिल्लो समय लगभग एक महिना पहिले देखिनै सुरु भै सकेकोे छ । अर्थात केहि दिन पहिले देखिनै महिलाहरु दरखाने कार्यक्रममा व्यस्त रहन थालेका छन् । यो चलन शहर बजारमात्र नभएर ग्रामिण क्षेत्रहरुमा पनि सुरु भएको छ ।

शहरी क्षेत्रहरुमा आयोजना गरिने दर खाने तथा तीजी गीत कार्यक्रमहरुमा महिला पुरुषहरु सहभागी हुने चलन पनि व्यापक भैरहेको छ । एकै शव्दमा भन्नु पर्दा केहि दशक पहिले सम्म विशुद्ध महिलाहरुको बीचमा मात्र हुने दर तथा तीजी गीत अहिले महिला पुरुष दुबैको समान सहभागिता देखिन थोलेको छ भने महिलाहरुको दु:ख पीडा र वेदना मात्र व्यक्त गर्ने तीज पर्व अब रसिक र अश्लीलतापूर्ण गीत समेतले स्थान पाउन थाले पछी पाका महिलाहरुमा केहि असमन्जसता देखिनु स्वभाविकै हो ।

यस सन्दर्भमा गल्कोट नगरपालिका-९ रिष्मी स्थित उत्साह महिला जागरण केन्द्रको आयोजनामा स्थानीय लक्ष्मी नारायण प्राथमिक विद्यालयमा आज आयोजना गरिएको तीज विशेष (दरखाने) कार्यक्रममा शहर बजारमा भन्दा फरक प्रकारले तीजी कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा सहभागी महिलाहरुले पुरानै परम्परागत भाकामा तीज गीत गाएर नृत्य गरेका छन् जस्लाई हेर्दा बास्तविक तीजको अनुभूति दिएको भन्न करै लाग्छ ।

कार्यक्रममा गल्कोट नगर कार्यापालिका ९ की सदस्या कमला ढकालले समाज विकासमा महिलाहरुको महत्वपूण भूमिका रहने बताउदै हरेक कुराहरुमा सचेत भएर कामगर्नु पर्ने बताईन् । उनले महिला दिदी बहिनीहरुलाई तीज खर्चिलो र भड्किलो नबाउन आग्रह गरिन् ।

सोहि कार्यक्रमका गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले महिलाहरु धेरै हिँशामा पर्ने हुदा तीज पर्वमा महिला हिँशाको अन्त्य गर्न प्रयास गर्नुपर्ने बताए ।

्विष्णु प्राथमिक विद्यालयकी शिक्षिका सरस्वती सापकोटा, लक्ष्मी नारायण प्राथमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गौतम, दरमखोला लघुजलविद्युत आयोजनाका प्रतिनिधी प्रेमसागर सापकोटा, शिव माविका प्रअ हरि चालिसे, राजमो वडा प्रतिनिधी डिलाराम सापकोटा, नेकपाका वडा प्रतिनिधी प्रेम पुन, नेपाली काँग्रेसका प्रतिनिधी यज्ञ प्रसाद सापकोटा, गल्कोट सेवा केन्द्रकी अध्यक्ष मन्जू शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उत्साह महिला जागरण केन्द्रकी अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्दैकी यमुना गौतमको स्वागत र भीमा गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply