Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाको आयोजनामा सञ्चालित तीजगीत प्रतियोगिता शनिवार सम्पन्न !

बुर्तिवाङ २०७६ भदौ ७ । ढोरपाटन नगरपालिकाले श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा हिजोदेखि सञ्चालन गरेको खुल्ला तीजगीत प्रतियोगिता आज सम्पन्न भएको छ ।

महिलाहरु माथि हुने सबै प्रकारका विभेद हटाऔँ, समाज बिकासमा महिलाहरुको भुमिकालाई सवल बनाऔँ, भन्ने मुल नाराका साथ बुर्तिबाङ बजारमा कार्यक्रम सम्पन्न भएको हो ।

३१ टिमको सहभागीता रहेकोमा प्रतियोगीतामा हिजो १६ टिमलेमात्र आफ्नो प्रतियोगीतात्मक प्रस्तुति राखेका थिए । समय अभावका कारण स्थगन गरिएको कार्यक्रम आज समापन गरिएको हो । आज १५ टिमको प्रस्तुती रहेको थियो । प्रतियोगीतामा जनता ईग्लिस बोर्डिङ स्कुल बुर्तिबाङ प्रथम, खड्कदेवी आमा समुह खुँगा व्दितिय र न्यू मोर्डन एकेडेमी बुर्तिबाङ तृतिय भएका छन् ।

तीजगीत प्रतियोगीतामा प्रथम हुनेले २५ हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुनेले १५ हजार तथा अन्य सहभागी सबैलाई सान्त्वना पुरस्कार स्वरुप नगरपालिकाबाट ५ हजार तथा नगर प्रमुखबाट ५ हजार गरि १०÷१० हजार प्रदान गरिएको छ ।

यसैबीच नगरपालिकाले नगरभित्र रहेका ६० बर्ष माथिका एकल महिला तथा ७० बर्ष भन्दा माथिका बृद्ध महिलाहरुलाई शुक्रबार सम्मान समेत गरेको थियो । नगरपालिकाले सम्मानित हुने महिलाहरुलाई जनही नगद १÷१ हजार र दोसल्ला ओढाएर सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनको अध्यक्षता, नगर प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता, वडा अध्यक्षहरु, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply