Sorry, that menu does not exist.
 

महिला दिदीबहिनीको सम्मान सॅगै सामाजिक एकता सहितको सदभाव कायम गर्न दरखाने कार्यक्रम

गल्काेट २०७६ भदौ ८ । आज भोली प्राय तीजका पुराना भाका विरलै सुनिन्छन । पहिले पहिले तीजका अवसरमा दिदीबहिनीहरु एक ठाउॅ जम्मा भएर सार्वजनिक स्थलमा आफना पिडा वेदना गीत मार्फत गाउने र नाच्ने गर्दथे । आजकल तीजमा धेरै मेला महोत्सव र कार्यक्रमहरु हुने गर्दछन तर त्यि कार्यक्रमहरुमा खुल्ला नाचगान र नारीहरुले पिडा बेदना पोखेका गीत गाउने चलन पनि हराउॅदै जान थालेको छ । हरेक कार्यक्रम मेला महोत्सवमा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिन्छन । जसले गर्दा खुल्ला नाचगान कार्यक्रम र पीडा वेदना पोख्ने प्रचलन लोप हुॅदै गईरहेको छ ।

यसै सिलसिलामा सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्मले गत वर्ष खुल्ला नाचगान तथा सामुहिक दर खाने तीज कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट बुढी आमा देखि महिला दिदी बहिनीहरु खुसी भए । आफना वर्ष भरिका पीडा र मनका वेदना गीत र नाचबाट व्यक्त गरे । हिजो आज दरखाने कार्यक्रमको रौनकता पनि निकै बढेको छ । गाउॅ देखि शहरसम्म जताततै यो प्रचलन बढेको छ ।

यस वर्ष पनि गल्कोटको एक पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार मल्म र महिला जागरण केन्द्रले भदौ ११ गते बृहत तीज कार्यक्रम अन्तर्गत खुल्ला नाचगान र सामुहिक दरखाने कार्यक्रमको आयोजना गरेका छन । त्यस्तै उक्त कार्यक्रममा सह आयोजकको रुपमा घुम्टे युवा परिवार जापान शाखा रहेको छ । महिला दिदीबहिनीहरुको सम्मान सॅगै सामाजिक एकता सहितको सदभाव कायम गर्न कार्यक्रम आयोजना गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । कार्यक्रममा गलकोट नगर स्तरिय सामुहिक दरखाने तथा खुल्ला नाचगानका प्रस्तुति रहने अध्यक्ष थापाले बताउनु भयो । सो अवसरमा महिला दिदीबहिनीहरुलाई समाजसेवामा प्रेरणा प्रदान गर्न सम्मान कार्यक्रम समेत आयोजना गरिएको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले जानकारी दिइन । तीज कार्यक्रममा गल्कोट नगरपालिका भित्रका महिला जनप्रतिनिधीहरु, महिला जागरण केन्द्रका प्रतिनिधीहरु र वडा नं ७ भित्रका सम्पुर्ण महिला दिदीबहिनीहरु, समाजसेवीलाई आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।

फाइल तस्बीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply