प्रकाश छन्त्याल, बरेङ २०७६ भदौ ९ । बरेङ गाँउपालिकाले चाडपर्वको मध्येनजर गरि साउन १९ गतेको अबिरल बर्षाको कारण गएको वाढी पहिरोले अवरुद्व बरेङ ग्यालथुङगा देखी गाँउपालिकाको कार्यालय सुडालासम्मको मोटर बाटो सरसफाईको काम सोमबार देखी शुरु गरेको छ । उक्त मोटर बाटो स्थानिय साझेदारी कार्यक्रम अन्तरगत संघिय सरकार र गाँउपालिकाको संयुक्त योजनामा गत आर्थिक बर्ष ९९ सय लाख बराबरको मोटरबाटो बिस्तारको काम भएको थियो ।
बरेङ गाँउपालिकाको नयाँबजार देखी नाम्दुकसम्मको बाटो बिस्तार योजना अनुसारको काम गत आर्थिक बर्ष देखि शुरु भएको हो । बर्षायाममा भएको बर्षाको कारण गाँउपालिकाको बिभिन्न ठाँउमा भएको मोटरबाटो अबरुद्वले गाँउपालिका भित्रको बाटोको सम्र्पक समेत नभएको ठाँउहरुमा गाँउपालिकाले मर्मत सुधारको काम यस अगाडीको महिना देखी नै शुरु गरेको र सबै ठाँउमा बाटोको सुबिधा पुरयाउन पहल भैरहेको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ । सोमबार देखी शुरु भएको बरेङ सुडाला मोटरबाटो मर्मत गर्न ३ दिन लाग्ने सब ईन्जिनियर अनकलाल शर्माले बताए ।
One Comment