गल्कोट २०७६ भदौ १० । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०गलकोट नगरपालिका ७ को वडा भेला आज सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य डिल बहादुर परियारले संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास र समृद्विमा पार्टी पङक्ति र जनप्रतिनिधी एक ढिक्का हुनु पर्ने बताए । देश विकास र समृद्धप्को यात्रामा लम्किरहेकोले यसमा सबैले हातेमाले गर्नुपर्ने परियारको भनाई छ ।
भेलामा नेपाल कम्युनिष्ट नेकपा गलकोट नगर कमिटी अध्यक्ष ललित श्रीस, नेकपा नगर सदस्य ज्ञान बहादुर थापा, नेकपा नगर सदस्य छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा सुवेदार टिका बहादुर थापा, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कार्यालय सदस्य भीम विश्वकर्मा र गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा भित्र पार्टीका विविध विषयमा रिपोर्टिङ गरिएको थियो । भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता, भातृ संगठन, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो । भेला नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका ७ को वडा कमिटी अध्यक्ष ललित मरासिनीको अध्यक्षता, सदस्य छविलाल दर्जीको स्वागत मन्तव्य र सचिव होम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।