Sorry, that menu does not exist.
 

प्रदेश नं ५ को राजधानी दाङ कि बुटवल ? धर्मशंकटमा मुख्यमन्त्री पोखरेल !

प्रेम सुनार, गुल्मी २०७६ भदौं ११ । मुख्यमन्त्रीज्यु, हजुर त दाङ्ग जिल्लाबाट निर्वाचित हुनुहुन्छ , प्रदेशको राजधानी दाङ्ग बन्ला कि बुटवल ? भनेर सञ्चारकर्मीले डाढो प्रश्न गरेपछि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल कहाँ भन्ने ? केहिबेर धर्मशंकटमा परे जस्तो मुद्रामा देखिन्थे ।

मुख्यमन्त्री भएपछि पहिलो पटक मंगलबार गुल्मी पुगेका उनले सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेले केहि बेर अल्मलिदै र हल्का हाँस्दै जाबाफ दिए–‘ सबैलाई चित्त बुझ्ने गरि तोक्ने प्रदेश सरकारको योजना छ , तोक्दा खेरी सबैले दिपावली गर्न पाउने छन । ’

कुनै ठाउँ बिशेषको नाम नलिई स–विस्तार उनले भने–‘प्रदेशको नाम र मुकाम तोक्नका लागि विज्ञहरुको टोली गठन गरिएको छ । जसमा सुरक्षाविद , भुगोलविद , वातरणविद र समाज सास्त्रीहरुलाई रायका लागि जिम्मा लगाईएको छ । जसले प्रारम्भिक तहको अध्ययन पनि गरि सकेको र उसको प्रतिवेदन आए पछि प्रदेशको नाम र राजधानी तोकिने छ । ’

कहिले सम्म तोकि सकिने छ ? भन्ने प्रश्नमा उनले अबको एक बर्ष भित्र तोकिने जवाफ दिए । उनले देशका ७ वटा प्रदेश मध्ये पाँच नम्वर प्रदेश सुशासनमा अब्बल रहेको दावी गरे । त्यस्तै प्रदेशको स्थापना, कानुन निमार्ण विकास खर्चमा पनि पाँच नम्वर प्रदेश सरकार अन्य प्रदेशमा भन्दा अगाडी रहेको दावी समेत मुख्यमन्त्री पोखरेलले गरे ।

उनले सिंगो मुलुकमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको , विकासका कामहरु पनि तिब्रगतिमा अगाडी बढेको, १५ औ पञ्चबर्षिय योजनाको आधार पत्र तयार भएको , संविधान कार्यान्वयन गरिएको लगायतका महत्वपुर्ण कामहरु भए पनि एक्लैले हालीमुहाली जमाउँदै आएको कुनै बर्गले यो सरकारले केहि गर्न सकेन भनेर आलोचना गर्ने गरेको टिप्पणी गरे ।

‘गएको बर्षलाई संविधान कार्यान्वन र कानुन निर्माणको बर्षका रुपमा लिएका थियौं, प्रदेशको हकमा गएको बर्ष प्रदेशको आवाधिक योजना बनाउने बर्षका रुपमा घोषणा ग¥यौं ’ मुख्यमन्त्री पोखरेलले भने–‘ हामीले प्रदेशको समग्र स्थिती पत्र समयमै जारी गर्न पनि सफल भयौं र आवधिक योज।ना तर्जुमा पनि ग¥यौं । विकास निर्माणको क्षेत्रमा हामीले मुख्य तीन वटा कुरा अगाडी सारेका छौं । आगमी तीन बर्ष भित्र जनतालाई पिउने पानीको सुविधा पुराउने , सडक सञ्जालको कमी हुन नदिने र प्रदेश सांसदहरुले माग गरेका योजनाहरुमा पैसाको कमी हुन नदिने गरि अगाडी बढेका छौं । ’

गुल्मीको सत्यवतीका बाढि पहिरो पीडितहरुको वस्ती विकासका लागि घर बनाई दिने जिम्मा प्रदेश सरकारले लिने र त्यसमा केन्द्र सरकारको मुख नताक्ने , स्वयमले सहयोग गर्न चाहे स्वागत गरिने उनले बताए ।

उनी आफु सत्यवतीमा आउन नसके पनि मन्त्री सुदर्शन वराल मार्फत प्रदेश सरकारको उपस्थिती रहेको र उद्दारमा कुनै कमी हुन नदिएको स्पष्ट पारे । उनी अहिले नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) गुल्मीको जिल्ला कमिटीलाई प्रशिक्षण दिई रहेका छन । त्यस लगत्तै उनी विभिन्न कार्यक्रममा सहभागि भई भोली गुल्मी कै धुर्कोट गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न पुग्ने छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply