Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्गको खहरे-अक्षेते खण्डमा एक महिना दिनको ८ घण्टा सवारी आवागमन बन्द गरिने !

बागलुङ २०७६ भदौ ११ । बागलुङ बजार देखी काठेखोला गाउपालिका १ को अक्षेते बीचमा रहेको खहरे क्षेत्रको पहरो कटान गर्ने प्रयोजनका लागी मध्यपहाडी लोकमार्गमा बिहान ७.३० बजे देखी ९.३० बजे सम्म र बिहान १०.३० बजे देखी दिउसो ४.३० बजेसम्म दिनको ८ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको विशेष उपस्थिति एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण विहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापा मगर लगायत कार्यालय प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको समुपस्थितिमा आज जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सर्वपक्षीय बैैठकले मध्यपहाडी लोकमार्ग कार्यालयबाट खहरे क्षेत्रको पहरो कटान गर्नुपर्ने उल्लेख गर्दै उक्त सडकमा सवारी साधनहरु चलिरहँदा काय सुचारु गर्न कठिनाई परेको भनि अनुरोध गरेको हुँदा बैठकले यहि भदौ १८ गते देखी असोज १७ गते सम्म एक महिना सो रुटमा सवारी सन्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

सो छलफलमा मध्यपहाडी लोकमार्ग बन्द रहने समयमा खहरे देखी पाला हुँदै अक्षेते सम्मको सडकलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने पनि निर्णय भएको छ भने बैठकले सो पहिरो कटान गर्ने क्षेत्र नजिक बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाईप रहेकोले बागलुङ नगर .खानेपानी तथा उपभाक्ता समितिसंग समन्वय गरी कार्य गर्न समेत आयोजनालाई निर्देशन दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply