Sorry, that menu does not exist.
 

कृषिलाई औद्योगिककरण गर्छौ : मुख्यमन्त्री पोखरेल

गुल्मी २०७६ भदौं ११ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउँने बताएका छन । बुद्धवार गुल्मीका धुर्काेट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा भएको बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको दावी गर्दै उनले भने संिघयता आईसकेपछि देशमा आमुल परिवर्तन आएको छ ।

उनले कृषि मार्फत रोजगारि सिर्जना गर्ने, तीन बर्ष्भित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार पुर्याइदिने लगायतका योजना प्रदेश सरकारले अगाडी सारको बताए ।

उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहको केन्द्रदेखि वडाकार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको सुनाए ।

आगामी अशार मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि उद्योग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि उनले जानकारी गराए ।

धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । गत आर्थिक बर्षमा सुरू भएको भवन निर्माण कार्य यस आर्थिक बर्षमा सम्पन्न भई कार्यालय सञ्चालनमा ल्याईएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

उपप्रमुख शिबबहादुर खत्रीले अर्को प्रशासकिय भवन पनि निर्माणको अन्तिम चरणमा रहेको बताए । उद्घाटन कार्यक्रमकै अवसरमा जग्गादातालाई पनि सम्मान गरिएको धुर्कोट गाउँपालिका भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन् ।

स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply