सबैको छातीभित्र एउटा डस्टबिन छ,थाहा छ
जहाँ पुराना र मैला यादहरु राखिन्छ,थाहा छ ।
म पनि छोपिएँ सजिलै पर्दा पछाडी कसैको
हुन त माला बनेपछी धागो छोपिन्छ,थाहा छ।
आमाको काख र बा’को काँधमा हुर्किएको हुँ
माया कस्तो हुन्छ,कस्तोलाई भनिन्छ,थाहा छ।
हजुरमाले सुनाएका कथा यी आखाँमा ताजै छ
कथाकी राजकुमारीकाे झै तिम्राे प्रवेश,थाहा छ ।
एक ऐना बाहेक यो दुनियाँमा अहिलेको समय
तिम्रो आँखा छ जसले मलाई चिन्छ,थाहा छ।
बिचार मिल्न थाले अनुभुति फरक हुन लाग्याे
साथी भन्दै हामी किन नजिक भएकाे,थाहा छ ।
मेराे ओठकाे मुस्कान देख्न सधैं खुशी बनाउने
गाेप्य अठाेट तिम्राे ती आँखाले भन्दैथे,थाहा छ।
अरू भन्दा भिन्न बिचार जसमा तिमी सहमत
मनका कुरा नबुझ्दा एकान्तमा राेएकाे,थाहा छ ।
जो-जोले जे जे भनेपनि एक म प्रतिकाे विश्वास
अटुट सम्बन्ध टिकाउन लागिपरेकाे,थाहा छ ।।
भन्छन् काेहि बुझ्ने लाई मायाँ शब्द नै पवित्र
पबित्रताकाे बन्धन तिमीले बुझेकाे,थाहा छ ।।
बिन्ती छ नसोध्नु म यसरी बद्लिनुको कारण
फूल झरेपछि बोटबाट रङ बद्लिन्छ,थाहा छ।
टिकाराम भट्टराई
बुर्तिवाङ ।
२०७६ भदौ १२ ।