कौरव खत्री, गल्कोट २०७६ भदौ १२ । घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्लको संयुक्त आयोजना तथा घुम्टे युवा परिवारको जापान शाखाको सह आयोजनामा सामुहिक दरखाने तीज कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार आयोजित दरखाने तीज कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद दिलमाया रोका दिपाले महिलाहरु भनेका श्रम, परिश्रम र मिहनेतको खानी हो त्यो नै महिलाको पहिचान भएको बताईन ।
साथै सांसद रोकाले महिलाहरु भनेका समाज र यो धरतीका दरिलो खम्वा भएको भन्दै हिजो दिनहरुमा तीजको माध्यमबाट महिलाहरुका दुःख र सुखका पीडा र वेदनाहरुलाई तीजको गीतका माध्यमबाट अभिव्यक्त हुने गरेको बताउदै उनले महिलाहरुको बेदनाले बास्तविक जीवनको यथार्थ चित्र बोकेको बताईन् । उनले आफ्नो हक र अधिकारलाई स्थापित गराउदै तीज पर्वको मौलिक संस्कृतिलाई जर्गेना गर्न सबै एकजुट हुनु पर्ने बताईन ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विक, गल्कोट नगरपालिकाका नगरकार्यपालिका सदस्य कमला ढकाल, गनपा ७ का वडा सदस्य मिना दर्जी, प्रगतिशिल महिला समूह गनपा ५ का पूर्व अध्यक्ष बिष्णु कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम, चित्रा दर्जी र कमला केसीलाई सम्मान पत्र दोसल्ला लगायतले सम्मान गरिएको थियो ।
तीज कार्यक्रममा आएका सबैलाई दर खुवाइएको थियो भने तीज कार्यक्रममा पुराना मौलिक संस्कृति बोकेका तीजका गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, स्थानीय महिलाहरु गनपाका जनप्रतिधि, समाजसेवी मिना चोखाल, सञ्चारकर्मी युवा समाजेसवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम महिला जागरण केन्द्र गनपा ७ मल्लका अध्यक्ष ललिता थापाको अध्यक्षता तथा घुम्टे युवा परिवारका सदस्य टिका साहानीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला जागरण केन्द्र गनपा ७ का सचिव सरस्वती केसीले गरेकी थिइन ।
श्रम, परिश्रम र मिहनेतको खानी नै महिलाको पहिचान हो ! महिलाहरुको बेदनाले बास्तविक जीवनको यथार्थ चित्र बोकेको हुन्छ – प्रदेश सांसद रोका
२०७६ भाद्र १२, बिहीबार ०९:०४
Footer Slider, Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार, विविध
1 comment
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४
One Comment