बागलुङ २०७६ भदौ १२ । ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजार निवासी हरिबहादुर कुँवरले आज जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) पार्टी परित्याग गरि आत्मसमर्पण गरेका छन् । आजै कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत नेपाल सरकार समक्ष आत्मसमर्पण गरी अब देखी नेपाल कम्युनिष्ट बिप्लवका कुनैपनि गतिविधिमा संलग्न नहुने र नेपालको संविधान र प्रचलित कानून पूर्णरुपमा पालना गर्ने र राज्यको शान्ति, अमन चयन र सुव्यवस्थाका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस अघी आजै एक विज्ञप्ती जारी गरी २०७५ साल फागुन महिना देखी विप्लब नेतृत्वको पार्टी माथि नेपाल सरकारव्दार प्रतिवन्ध लगाएपछी म विचारमा असहमती राखेर कुनै पनि बैठक, भेला र सम्मेलन जस्ता कुनैपनि पार्टीका कार्यक्रममा सहभागी नभएको उल्लेख गर्दै अब देखी प्रचलित नेपालको संविधान, कानून विपरीत हुने कुनैपनि गतिविधी नगर्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
कुँवरलाई २०७६ साउन १८ गते शनिबार बुर्तिवाङ ईलाका प्रहरी कार्यालय नियन्त्रणमा लिएको थियो ।
यो पनि पढौं:
प्रतिवन्धित नेकपा विप्लवका कार्यकर्ता कुँवर, बुर्तिबाङबाट गिरफ्तार !
7 Comments