Sorry, that menu does not exist.
 

घरमा १६ घण्टा काममा जोतिने महिलाका लागि भत्ताको व्यवस्था गर !
तंग्रामको तीजी कार्यक्रममा सांसद संग्रौलाले भनिन : “अहिले पनि समाजमा महिलाको पहिचान र प्रतिष्ठा छैन !”

संगम घर्तीमगर, बागलुङ २०७६ भदौ १३ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले हामीलाई आधा आकाश, आधा धर्ति चाहिएको छैन, हामीलाई ५० प्रतिशत प्रतिनिधित्व चाहिएको बताएकी छिन् ।

काठेखोला गाउँपालिका—४ तंग्राम बागलुङले हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला अधिकार विषयक प्रशिक्षण तथा दर खाने कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेकी संग्रौलाले जागिरेहरुका लागि तलब बढ्दा गृहनीका लागि पनि राज्यले सम्बोधन गर्नुपर्ने बताईन् । जागिर खानेहरुका सरकारले तलब भत्ता बढाउँछ तर दैनिक १६ घण्टा बिना आम्दानी खटेर घरमा काममा जोतिने महिलाहरुका लागि केही पनि छैन,’ उनले भनिन्, गृहणीका लागि पनि भत्ताको व्यवस्था गरिनुपर्छ ।

संग्रौलाले वृद्धवृद्धालाई भत्ता बाँडेर मात्र देश विकास हुँदैन देश विकास हुन समग्र महिलालाई अगाडी बढाउनुपर्छ ।’ महिलाहरुलाई आर्थिक सामाजिक र राजनीतिक रुपमा अगाडी नबढाई देश विकास नहुने उल्लेख गरिन् । हामीलाई आधा आकाश आधा धर्ति चाहिएको छैन,’ उनले भनिन् हामीलाई ५० प्रतिशत प्रतिनिधित्व चाहिएको छ । प्रतिनिधित्वले नै क्षमता विकासमा सहयोग पु¥याउँछ ।’ नेपालको संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागीता अनिवार्य गरे पनि वर्तमान सरकार त्यसको खिलाफमा लागेको उनले आरोप लगाईन् । ्

‘संविधानले हर क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चीत गरेको छ तर वर्तमान सरकारमा जम्मा १२ प्रतिशत महिलाको सहभागिता छ । यो सरकारले नै संविधान उल्लङ्घन गरेको छ,’ संग्रौलाले भनिन् । पहिचान प्रतिष्ठा र सम्मान महिलाको पहिलो लडाँई रहेको उनले उल्लेख गरिन् । ‘अहिले पनि समाजमा महिलाको पहिचान र प्रतिष्ठा छैन,’ उनले भनिन्,‘आफ्नो सम्मानपूर्वक जीवन जिउनका लागि अहिले पनि महिलाले संघर्ष गर्नुपरेको छ ।’ महिलाहरुलाई सशक्तीकरण गर्दै आर्थिक रुपमा समेत सवलीकरण गर्नुपर्ने उनको तर्क छ । ‘सशक्तीकरणको अभावमा अहिले महिलाले पाएको अधिकार पनि गाउँघरमा उपयोग भएका छैनन्, अधिकार कागजमा उल्लेख भएर मात्र हुँदैन । कार्यान्वयनका लागि त्यसबारे सचेत पनि हुनुपर्छ,’ उनले भनिन् । दुई तिहाईको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र समेत धरापमा पर्दै गएको उनले जिकिर गरिन् । ‘जनताको मतले दुई तिहाईको सरकार बनेको छ तर सरकारको ध्यान जनताको समस्या समाधानमा भन्दा पनि निरङ्कुशता लाद्नेतर्फ केन्द्रित छ,’ सांसद संग्रौलाले भनिन्,‘ सरकारको गलत रबैयाका कारण संघियता लोकतन्त्र समेत अप्ठ्यारोमा परेको छ ।’

कार्यक्रममा आफ्नो बिचार प्रस्तुत गर्दै नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले पाँचतारे होटलमा होली वाईन पिउने सरकारले नेपालको संस्कार र संस्कृतिमा प्रहार गरेको आरोप लगाए । ‘सरकारले तारे होटलमा कैयौ दिन बास बसेर होली वाईन पिउँछ,’ उनले भने ‘नेपालको मौलिक संस्कार र संस्कृति जोगाउने चाडपर्व माथि भने आक्रमण गर्दै गएको छ । काम बढाउने बहानामा विदा कटौती गरेर अन्याय गरेको छ ।’

सो अवसरमा नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य, महिला संघ केन्द्रीय सदस्य तारा अधिकारी, नेपाली काँग्रेसकी महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस जिल्ला सदस्य ज्ञानु श्रीस शर्मा, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति चिरञ्जिवी गौतमले समाज र देशको विकासका लागि महिला पुरुषको समान विकास आवश्यक रहेको औंल्याए ।

नेपाली काँग्रेस काठेखोला गाउँपालिका सचिव यामदत्त कँडेल, नेकपा तंग्रामका रणबहादुर थापा, नेपाली काँग्रेस तंग्रामका कार्यवाहक सभापति विष्णु आलेले चाडपर्वलाई भड्किलो नबनाई मौलिक संस्कार जोगाउन सहयोग पुग्नेगरी मनाउनुपर्नेमा जोड दिए ।

मौलिक संस्कारको प्रवद्र्धन गर्दै नारीहरुको सशक्तिकरणका लागि प्रशिक्षण कार्यक्रमसंगै दर खाने कार्यक्रम आयोजना गरिएको काठेखोला गाउँपालिका—४ का अध्यक्ष केशरबहादुर थापा केशवले जानकारी दिए । वडाध्यक्ष केशरबहादुर थापा केशवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य विष्णु परियार र सञ्चालन प्रेम थापा सन्देहले गरेका थिए ।

कार्यक्रममा खुला तीज गीत प्रतियोगिता समेत गरिएको छ । उक्त अवसरमा कलाकार रिना केसीले सांगीतीक र यशिमा श्रीसले नृत्य मार्फत उपस्थीत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply