बागलुङ २०७६ भर्दा १४ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ बागलुङ शाखाको चौथो बार्षिक साधारण सभा एवं तेश्रो अधिबेशनबाट भुमिराज गौतमको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ ।
दुईवर्षे कार्यकालको लागि चयन भएको समितिको उपाध्यक्षमा पैकाश आचायर्, सचिवमा राम प्रसाद घिमिरे, सहसचिव देवी प्रसाद आचार्य, कोषाध्यक्षमा विकास श्रेष्ठ चयन भएका छन्।
समितिका सदस्यहरुमा दयाराम गौतम, लोकेनद्र थापा, युवराज कंडेल र सुनिल श्रेष्ठ चयन भएका छन् ।
उद्घाटन कार्यत्रmममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रिय सचिव गगन गुरुङले पछिल्लो समय सुचना प्रविधिको प्रयोग वढेकोले प्रविधिको विकासलाई क्यानले अधिकतम गतिमा संचालन गर्न सहयोग गर्नुपनें वताएका थिए ।
क्यानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यत्रmममा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य अशोक वावु राना, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि वास्तोला , उद्योग वाणिज्य संघ बागलुङका सदस्य रामराज गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष भूमिराज गौतमले स्वागत गरेको कार्यत्रmमको संचालन सचिव प्रकाश आचार्यले गरेका थिए ।
सो अवसरमा सीचव आचार्यको प्रगित प्रतिवेदन र कोषाध्यक्ष विकास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो ।
One Comment