Sorry, that menu does not exist.
 

मालिकामा तीज मेला सुरु : मालिका जाऔं पर्यटन विकासका लागि तीज मेला मनाऔं !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७६ भदौ १४ । सांस्कृतिक संरक्षणका लागि मालिका जाऔं पर्यटन विकासका लागि तीज मेला मनाऔं भन्ने मुल उद्घोषका साथ बागलुङको मालिकामा तिजी मेला २०७६ सुरु भएको छ । ऐतिहासिक काल देखी मनाउदै आइरहेको मेला यस वर्ष पनी मालिका भगबती मन्दिर तिजीमेला व्यवस्थापन समितीको आयोजनामा संचालन गर्न लागिएको हो ।

विविध सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत शनिबार भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ ।

कार्यक्रममा वोल्दै बागलुङ नगरपालिका ६ नं. बडाका वडा अध्यक्ष खिमराज सापकोटाले मेला कार्यक्रमले विभिन्न कला संस्कृतिकको संरक्षण सम्र्वधन सगै पर्यटन विकासमा टेवा पुग्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

भदौ १६ गते सम्म संचालन हुने मेलामा पुरुष भलिबल प्रतियोगिता, तीजी गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, भाले छुने प्रतियोगिता, र पञ्चकोट देखी मालिका भगवती सम्मको दौड प्रतियोगिता रहने मेला आयोजक समितिका अध्यक्ष हरी प्रसाद शर्माले बताए । साथै कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारको साङगितिक प्रस्तुती रहेन शर्माले जानकारी दिए ।

उद्घाटन समारोह मेला आयोजक समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता सचिव पदम बहादुर गौतमको स्वागत तथा सास्कृतिक संयोजक विपिन विश्वकर्माको संचालनामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply