Sorry, that menu does not exist.
 

महिनाको दुई दिन बन्द हुने पसलहरु चाडबाडका कारण मंसिर सम्म बन्द नगर्ने संघको निर्णय !

बुर्तिवाङ २०७६ भदौ १५ । व्यापार व्यवसायलाई चुस्त दुरुस्त राख्न भन्दै उद्योग वाणिज्य संघको निर्णय अनुसार हरेक महिनाको १ र १५ गते पसलहरु बन्द हुने बुर्तिवाङ बजार चाडबाडलाई मध्यनजर गरी अव खुल्ला हुने उद्योग वाणिज्य संघ, बुर्तिवाङले निर्णय गरेको छ । तीज, दशैं तथा तिहार जस्ता पर्वहरु नजिकिएसँगै संघले यस्तो निर्णय गरेको हो । हरेक वर्ष जस्तै यस वर्षपनि आगामी मंसिर महिनासम्मका लागि महिनाको १ गते र १५ गते पसल बन्द हटाईएको संघका उपाध्यक्ष निमलाल पाण्डेले बताए ।

संघले विगत लामो समय देखि महिनाको दुई दिन सम्पूर्ण पसलहरु बन्द गर्दै आएको छ । व्यवसाय गर्दा व्यवसायीले आफ्नो लेखा अभिलेख मिलाउनु पर्ने, पुरानो सामान र नयाँ सामान मिलाउनु पर्ने, म्याद गुज्रेका सामानहरु अलग राख्नु पर्ने, विभिन्न निकायमा हुने दर्ता, बुझाउनु पर्ने कर दायित्व व्यवस्थित गर्नुपर्ने र लगानीमा रहेको रकम समेत उठाउनु पर्ने समय आवश्यक रहेकाले यसरी बजारमा पसलहरु बन्द गर्नुपरेको संघका महासचिव राम सुवेदीले बताए ।

हरेक वर्ष पर्वको समयमा बजार खुल्ला गर्ने गरेकाले यस वर्षपनि बजार खुल्ला गर्ने संघले निर्णय गरेको महासचिव सुवेदीले जनाए । यस समयमा मर्यादित रुपमा संघको आग्रहलाई स्वीकार गर्दै मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्दै आउनुभएका सबै व्यवसायीहरुलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।

आगामी दिनमा पनि आफ्नो हक हितका लागि सबैको सहयोग, सक्रियता र एकताका लागि संघ सबैमा अनुरोध र आग्रह गरिरहने संघका महासचिव सुवेदीको भनाई छ । यो समयमा सबैले, आफ्नो व्यवसायलाई व्यवस्थित गर्न, म्याद नाघेका खाद्य बस्तु पसलबाट बेचविखन नगर्न तथा बेच्ने ठाउँबाटै हटाउन संघले व्यवसायीलाई आग्रह गरेको छ । सबैले आफ्नो व्यवसाय सम्बन्धित पालिकामा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई कानुनी ढंगले चलाउन एवं ग्राहकहरुको मागलाई हर तरहबाट पुरा गर्न सबै व्यवसायीलाई संघका तर्फबाट आह्वान समेत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply