Sorry, that menu does not exist.
 

कुस्माबजारमा पहिलो पटक हनुमान नाँचको प्रदर्शन !

महेन्द्र केसी, पर्वत २०७६ भदौ १५ । रामायणका चर्चित पात्र हनुमान जस्तै सिंगारिएर पर्वतका युवाले कुस्मा बजारमा हनुमान नाच प्रदर्शन गरेका छन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाँच पर्वतमा पहिलो पटक नेवार समुदायको सक्रियतामा देखाएका हुन् ।

नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षणमा पर्वत र बागलुङका युवाहरु जेटेका छन् । लोपोन्मुख र अनौठो प्रकारको हनुमान नाँच संरक्षणको खडेरी परिरहेको समयमा युवाहरुले हनुमान नाँच देखाएका हुन् ।

बागलुङमा प्रदर्शन गरिएको हनुमान नाँच । तस्वीर- किरण आचार्य, ईबागलुङ डटकम ।
कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर पँधेराबाट यो नृत्य सुरु गरेर बजार घुमाउने चलन छ । ‘अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वासले यो नृत्य देखाइन्छ, ।

हनुमान नाँच बागलुङमा विजोड वर्षमा प्रदर्शन गरिदै आएको छ । बागलुङमा प्रदर्शन गरिने हनुमान नाँच विशेष चर्चामा रहेको छ । बागलुङमा प्रदर्शन गरिदै आएको हनुमान नाँच उच्चकोटीको मानिन्छ । रामका सेवक भएकाले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानको झंै शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र कामगर्ने जाँगर पलाउने लगायतका विश्वास गरिन्छ ।

१६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले व्रहमचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाँच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिन्छन । नेवार समुदायको अगुवाईमा यो नाच पहिलो पटक कुस्मामा देखाइएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply