Sorry, that menu does not exist.
 

मल्लाज बहुउद्देश्यीय सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न !

पर्वत २०७६ भदौ १५ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरुले गरेका उत्पादनहरुको संकलन र बजारीकरणमा बहुउद्देश्यीय सहकारीहरु केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारीहरु बचत र ऋणको कारोबारमा मात्र केन्द्रीत भएको आरोप लाग्ने गरेको तथा सहकारी ऐनले समेत बचत तथा ऋणको मुख्य कारोबार गर्ने बाहेकका सहकारीहरुलाई उत्पादनतर्फ केन्द्रीत गरेकाले यसतर्फ केन्द्रीत हुनु पर्ने उनको भनाइ थियो ।

गाउँ गाउँमा सदस्यहरुलाई बचत संकलन गर्न लगाएर आयआर्जनमा वृद्धि गराउने काम गरी सहकारीहरुले कर योग्य नागरिक उत्पादनमा योगदान गरेको भन्दै जीसीले अब स्थानीय उत्पादनको प्रवद्र्धन र विकासमा सहकारीहरु केन्द्रीत हुनु पर्ने बताए ।
स्थानीय तहले समृद्धिको योजना सफल पार्नका लागि सहकारीहरुसंग सहकार्य गर्नु पर्नेमा जोड दिदै उनले सहकारीहरुले कर तिर्न सक्ने नागरिक उत्पादन गरेको विषयलाई ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा मल्लाज महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शान्ता लामिछाने, जलजला गाउँपालिका वडा नं. ३ का वडा सदस्य भगवती जिसी, म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोरखबहादुर जि.सी, समाज कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक ओमबहादुर जिसी, पुरस्कृत विद्यार्थी सिर्जना परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न विषयमा स्नातकोत्तर उत्तिर्ण गर्ने शेयर सदस्यहरु र सदस्यका छोरा छोरी र बुहारीहरु, १२ कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु, संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिराबहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारणसभामा अध्यक्ष अधिकारीले संस्थाको आगामी योजना, सचिव आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा संयोजक धनपती सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुविधा सम्पन्न आफ्नै भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड ५९ लाख शेयर रकम, ९ करोड २२ लाख बचत, ८ करोड ७५ लाख कर्जा लगानी, २ करोड ७३ लाख बराबरको स्थीर सम्पत्ती रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

संस्थाले इटा उद्योग लगायत बहुउद्देश्यीय काम गर्दै आइरहेको र चालु आर्थिक वर्षदेखि सदस्यका उत्पादनहरुको संकलन र सदस्यहरुका लागि आवश्यक उपभोग्य वस्तुको विक्री वितरण गर्ने योजना रहेको अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply