Sorry, that menu does not exist.
 

पालामा तीज महोत्सव : कला संस्कृतिको संरक्षण सम्बर्धन गर्नु महत्वपूर्ण कार्य – प्रदेश सांसाद कँडेल

रनिश रानमगर, बागलुङ पाला २०७६ भदौ १७ । हरितालिका तीजको पावन अवसरमा जनसेवा युवा क्लब पालाले आयोजना गरेको तीज उत्सब २०७६ चौथो दिनको कार्यक्रम सोमबार सम्पन्न भएको छ । तीज महोत्सवको चौथो दिनको समारोहलाई कार्यक्रमका प्रमुख अतिथी एवं गण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कडेलले सम्वोधन गरेका थिए ।

सम्वोधनका क्रममा प्रदेश सांसद कँडेलले समुदायस्तरमा युवा लक्षित कार्यक्रम संगै कला संस्कृतिको संरक्षण सम्बर्धन गर्नु महत्वपूर्ण कार्य भएकाले युवा मार्फत कला संस्कृतिको संरक्षण संगै खेलकुदको प्रवर्धन गरि समाज रुपान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस छेत्रक्ष्य सभापति चिरन्जीवी गौतम, काठेखोला गापा वडा नम्बर ४ का वडा अध्यक्ष केशव थापा र वडा न १ का वडा अध्यक्ष खडक थापाले शुभ(कामना मन्तव्य राखेका थिए ।

तीज उत्सब २०७६ को दोश्रो आर्कषणको केन्द्र विन्दु बनेको खुल्ला सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा ५ समुहको सहभागिता रहेको थियो । जसमा सुस्मा थापाको समुह बानपा ६ लुङगाउ प्रथम सृजना सास्कृतिक समुह व्दितिय र मगर सेवा समाज गुठी बागलुङले तृतिय स्थान प्राप्त गरेका थिए ।

भलिवलको दोश्रो चरणको खेलमा थापाथाना पर्बत, देउपुर पर्वत, जनसेवा युवा क्लब पाला, तेजस किराना पसल, सिमसिमयुबा क्लव सोर्स चरणमा प्रवेश गरेकाछन। बाकि खेल आज विहान बाट सन्चालन गर्ने कार्यक्रम संयोजक रन बहादुर थापाले जानकारी दिए।

जनसेवा सम्मान कार्यक्रम अन्तर्गत तीज उत्सवलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी मनका धनी ,प्रदेश सभा सदस्य मणिभद्र शर्मा कडेल तथा क्लबलाई निरन्तर रूपमा अगाडि बढाउन भुमिका निर्वाह गर्ने क्लवका पूर्व अध्यक्ष रन बहादुर थापा र गणेश नेपालीलाई सम्मान गरिएको थियो। तीज उत्सबलाइ संगीतमय बनाउन राष्ट्रिय लोकदोहोरी गायिका अनुपा थापा मगर र मोडलिङ तथा डान्सर सबिता राना मगरबाट विशेष प्रस्तुति रहेको थियो।

मणिराज रोका को अध्यक्षता भएको कार्यक्रमको सन्चालन सचिव दिल रानाले गरेका थिए । मंगलबार भलिवलका सेमिफाइनल, फाइनल खेलहरु संगै खुल्ला एकल नृत्य प्रतियोगिता र राष्ट्रिय स्तरका कलाकारहरु राजेश बर्दवा र सीता श्रेष्ठ प्रस्तुति सगै जनसेवा सम्मान कार्यक्रम गर्ने जानकारी संयोजकले दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply