Sorry, that menu does not exist.
 

आजको तस्वीर : तमानमा तीज, मस्की मस्की नाँचे विदेशी’नि !

शव्द/चित्र बसन्त घर्तीमगर,

तमान २०७६ भदौ १७ । नेपाली महिलाहरुले हरितालिका तीज पर्व उत्साहपूर्वक मनाएका छन् । झण्डै महिना दिन अघि देखी तीजी कार्यक्रमहरुको आयोजनागरी महिलाहरुले दर खाने नाँचगान गरेर मनोरन्जनको लुफ्त उठाए ।

तीजका कार्यक्रमहरुमा महिलाहरुको चडकभडकलाई लिएर टीका टिप्पणीहरु हुने गरेपनि कुना कन्दराहरुमा भने महिलाहरुले आफ्ना परम्परागत सँस्कार र सँस्कृतिलाई निरन्तरता दिएको देखियो ।

विवाहित चेलीहरुले तीजको मौकामा माईत आएर आफ्ना दुख पीडाका बिलौनाहरु गीत मार्फत व्यक्त गर्ने पुरानो चलनलाई फड्को मार्दै आधुनिक गीत र बाजाको तालमा तीजमा रमाईलो गरेको प्रशस्तै देखियो । पुराना पारामा मार्मिक गीतहरु बिरलै गाउने गरेको स्थानीयले बताएका छन् । सँस्कृति जोगाउने भनिएपनि आधुनिक सँस्कृतिले प्रवेश पाएको स्वयं महिलाहरुलेनै चित्त दुखाएको सुनियो ।

बागलुङ जिल्लाका दुर्गम क्षेत्रमा रहेको तमानखोला गाउँपालिका हालको वडा नं ३ कार्यालयको आयोजनामा साविक तमान गाविसका ६ वडाहरुका महिलाहरुले तीजी कार्यक्रममा व्यापक सहभागिता जनाएका मात्र होईनन् स्थानीय भेष भूषा र पहिरनमा सजिएर दरखाने दिनमा तमानमा भव्यरुपमा तीजी कार्यक्रम सम्पन्न गरे ।

्सोहि अवसरमा बेलायतबाट आएका दुई महिलाहरु पनि तीजी कार्यक्रममा उत्साहपूवृक सहभागी भएर कार्यक्रमलाई थप मनोरन्जनपूर्ण बनाए ।

सोहि अवसरमा धन गौ ज्योति माध्यमिक विद्यालय ए र बी तथा स्थानीय हिलसाईड बोर्डिङ स्कूल विच प्रतियोगितात्मक नृत्य कार्यक्रम सम्पन्न भएको थियो । सो प्रतिष्पर्धामा धन गौ ज्याति माकि ख समुह प्रथम भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply