महेन्द्र केसी, पर्वत २०७६ भदौ १८ । फलेवास नगरपालिक ११ पाङराङमा लागेको तीज मेला समय तालिका अगावै सकिएको छ । तीज गीत प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भनिएपनि मेलामा राजनीतिकरण भएपछि स्थानीयबासीले बहिष्कार गरेका थिए ।
कार्यक्रममा काँग्रेसको चुनावी प्रचारको अभियान जस्तै बनाएको भन्दै स्थानीबासीले कार्यक्रमको विरोधस्वरुप कार्यक्रम बहिष्कार गरेका हुन् ।
पाङराङ मा नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर सुनार (शेरबहादुर)ले जितेका थिए भने अधिकांश वडा सदस्यहरु पनि नेकाबाट नै निर्वाचित थिए ।
सांस्कृतिक पर्वलाई समेत राजनीतिक करण गरेर चुनावको प्रचारप्रसार गरेजस्तो गरिएका कारण गाउँलेले कार्यक्रम नै बहिष्कार गरेका कारण पाँच दिन चल्ने भनेको कार्यक्रम डेढ दिनमा सकिएको हो ।
कार्यक्रमको उद्घाटन नेका महासमिति सदस्य गंगाधर तिवारीले गरेका थिए । भने पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबले कार्यक्रमको आयोजना गरेको हो ।
क्लबले पाँच दिन कार्यक्रम गर्ने भनी विविभन्न संघसंस्थासँग रकम संकलन गरेको थियो तर कार्यक्रममा राजनीतिकरण भएपछि डेढ दिनमै सकिएको छ ।