Sorry, that menu does not exist.
 

ताराखोलामा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा सुभारम्भ !

बागलुङ, २०७६ भदौ १८ । ताराखोला गाउँपालिका क्षेत्रलाई लक्षित गरी ग्लोबल आईएमई बैकले आफ्नो शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गल भातखाने डाँडामा बुधबार देखी बैंकले आफ्नो १ सय ८५ औं शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको हो ।

ग्रामिण क्षेत्रमा खास गरी बैंकहरुको पहुँच नपुग्ने र सहकारीहरु मार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर बैकंले शाखा रहित बैंकिङ सेवाको विस्तार गरिएको हो । ताराखोला क्षेत्रका स्थानीयलाई सेवा दिने र बैंक मार्फत कारोवार गर्ने अबसर स्वरुप कारोबार थालिएको आईएमई बैंक गलकोट शाखाका प्रवन्धक श्याम ढकालले जानकारी दिए ।

शाखाको शुभारम्भ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले गरेका थिए । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष घर्तिले ग्रामिण क्षेत्रमा बैक तथा वित्तिय क्षेत्रको थालनी हुनु राम्रो भएको बताए । उनले गाउँलेहरुमा बचत गर्नु पर्ने धारणाको विकास हुने बताए । ताराखोलामा कारोबारका लागि स्थानि टोप बहादुर रोकालाई शाखा रहित मेसिन र प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

शाखा रहित बैंकिङ सेवा मार्फत सेवा ग्राहीले दैनिक १ लाख रुपैया“ बचत गर्न र ५० हजार रुपैया“ झिक्न पाउने व्यवस्था छ । उक्त स्थानमा मोबाईल बैकिङ, खाता खोल्नेकाम बैकको लोन तिर्नेकाम पनि हुने प्रवन्धक ढकालले बताए । ग्लोबल आईएमई बैंकका देशभर १ सय ४२ शाखा रहेका छन भने १ सय ४८ एटिम रहेका छन । बैकले हाल सम्म ३० वटा एक्सचेञ्ज काउण्टर संचालन गरेको छ ।

कार्यक्रममा ताराखोला गाउँपालिका–२ का वडा अध्यक्ष भद्रबहादुर घर्तिले गाउँमा बैक तथा वित्तिय संस्था भित्रिनु नै विकासमा सहज पुग्ने बताए । कार्यक्रम गलकोट शाखाका प्रवन्धक ढकालको अध्यक्षता मजुवा शाखाका प्रवन्धक गोविन्द आचार्यको स्वागत र गलकोट शाखाका कर म्यानेजर डिल बहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply