कौरव खत्री, खर्वाङ २०७६ भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले हामी सबै नेपालीको एउटै साझा एजेण्डा भनेकै समृद्ध नेपाल सुखी नेपाली भएको बताएका छन् ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडीगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङले आयोजना गरेको खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि पौडेलले यस्तो बताएका हुन ।
क्षेत्र नं. २ बागलुङका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सदनभित्र प्रतिपक्षले कुरो उठाउदा पनि सरकारलाई विकासकै कामका बारेमा र सडक निर्माण र भष्ट्राचार लगायतमा विषयमा कुरा उठाएकोले सरकार पनि त्यसैको समाधानमा लागेकोले अव हामी सबै नेपालीको साझा एजेण्डा विकास समृद्धि र सशासनको एजेण्डा भएको बताए ।
साथै नेता पौडेलले बाहिर हल्ला गरे जस्तो साचो नभएको दावी गदै नेता पौडेलले गुल्मी र बागलुङ दुवै जिल्लाका समस्या एक आपसमा मिलेर समाधानमा मिलेर यो देशको भावनामा जोडिएर जिल्ला वारी र पारी नभएर साझा विकासका निम्ति एक बन्न सबैलाई आग्रह गरे ।
साथै नेकपाका स्कुल विभाग उपप्रमुख समेत रहेका नेता पौडेलले पुराना पुस्ताहरुलाई सम्मान र सल्लाह लिदै यो देश निर्माण गर्ने जिम्मा अव युवा पुस्तामा आएकोले देशको समस्यासँग जुध्दै यो देशलाई विकसित र समृद्ध बनाउदै अगाडी बढाउने जिम्मा अव युवा पुस्ताको भएको बताए । साथै यस क्षेत्रको सडक निर्माण र खानेपानी लगायतका विकास निर्माणका गतिविधिहरुको आफू लागि परेको बताए ।
जिल्ला वारी र पारी नभएर साझा विकासका निम्ति एक बन्न सबैलाई सांसद पौडेलको आग्रह !
Related Posts
२०७८ असार २२, मंगलवार १०:१४
बडिगाडका ५ स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
२०७८ असार २२, मंगलवार १०:०५
One Comment