Sorry, that menu does not exist.
 

कालीगण्डकी करिडोर जैमीनी घाट सडकमै ट्राफिक सम्वन्धी सचेतना कार्यक्रम !

रामप्रसाद घिमिरे, कुस्मीसेरा २०७६ भदौ १९ । सवारी दुर्घटना नियन्त्रण र न्यूनीकरणका लागी ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम सम्वन्धी जानकारी दिन सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

नेपालीहरुको महान चाड पर्व विजया दशमी र तिहारलाई मध्य नजरगरीे समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी चेक जाँचका साथै सचेतना मुलक कार्यक्रम सन्चालन गर्नेक्रममा आज विहान जैमिनी नगरपालिकाको जैमीनी घाटमा कालीगण्डकी करिडोर सडकमै सवारी चालक, सहचालकहरुलाई ट्राफिक प्रहरीले सवारी सम्वन्धी नियम तथा अन्य जानकारी दिईएको छ ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय कुस्मीसेराका प्रसनि अमृत थापा प्रहरु हवल्दार नवराज रिमाल तथा ट्राफिक प्रहरी जवान बिमल शर्माको सहभागिता रहेको थियो ।

चाडवाडको अवसरमा मापसे गरी सवारी चलाउने, क्षमताभन्द बढी यात्रुहरु बोक्ने, सवारी नियमलाई बेवास्तागरी जथाभावी चलाउने गर्दा अनेपेक्षितरुपमा दुर्घटना बढ्ने कुरालाई मध्यनजर गरी कालीगण्डकी करिडोर सडकमै सवारी साधनहरु रोकी चालक, सहचालक एवं यात्रुहरुलाई सवारी सम्वन्धी, नियम कानूनका साथै तत्सम्वन्धी जानकारी गराईएको ट्राफिक प्रहरी जवान विमल शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !