प्रकाश छन्त्याल, बागलुङ २०७६ भदौ २० । अखिल ९छैठौं ०बागलुङको आगामी असोज महिनाको ३ र ४ गते हुने जिल्ला भेलाको पूर्वसन्ध्यामा जिल्लाव्यापी रुपमा सङ्गठन निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको अखिल छैठौं बागलुङले जनाएको छ ।
सोही सिलसिलामा बिहीवार बडीगाड गाउपालिका वडा नं एक स्थित खड्गदेखी मा बि तुम्डाँडामा इकाई समिति निर्माण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले गलत राजनीतिको संस्कारको अन्त्य गर्नका लागी पनी विद्यार्थीले राजनीति गर्न आवश्यक रहेको बताए ।
उक्त भेलाले कर्ण परियारको अध्यक्षतामा ३३ सदस्यीय अखिल छैठौं खड्गदेखी माध्यमिक विद्यालय मुल इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा कम्रशस् देबी राना मगर ,दिपक थापा बिपना दर्लामी आशीष परियार रहनुभएको छ । साथै दिपक नेपालीको अध्यक्षतामा कक्षा ११।१२ मा सह ईकाई समिति गठन गरिएको छ जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा कम्रश सृजना गिरी करिश्मा गिरी बिष्णु नेपाली सर्मिला श्रीष लगायत अन्य सदस्य रहेका छन् ।
कक्षा ९ र १० मा सागर बनको अध्यक्षतामा सह ईकाई समिति गठन गरिएको छ जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा सन्तोष थापा अस्मिता पौडेल अमृत पच्या पुजा सलामी लगायतका अन्य सदस्य रहेका छन् ।
कार्यक्रममा अखिल छैठौं बागलुङका सदस्य हिरा दर्लामी लगायतको उपस्थिति रहेको थियो। युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेको उपस्थितिमा बुधवार विद्याविकाश मा वि ढोरपाटनमा पनी इकाई समिति गठन गरिएको अखिल ९छैठौं० बागलुङले जनाएको छ ।