Sorry, that menu does not exist.
 

नगरपालिकाको बजार अनुगमन टोलीव्दारा औषधी पसल अनुगमन : अनावश्यक दु:ख दिएको गुनासो !

अडियोमा सुन्नुहोस :  

[sc_embed_player fileurl=”https://www.ebaglung.com/wp-content/uploads/2019/09/anugaman.mp4″]

अनुगमन टोलीमा हायर गरिएका दक्ष व्यक्तिको दक्षता माथीनै गम्भीर प्रश्न

बागलुङ २०७६ भदौ २० । बागलुङ नगरपालिकाको बजार अनुगमन टोलीले बिहीबार बागलुङ वजार अनुगमन गरेको छ । पोखराबाट दक्ष व्यक्तिलाई हायरगरी गरिएको यस अनुगमनमा नगरपालिका, जिल्ला प्रशासन, बागलुङ उद्योग वाणिज्य संघ, प्रहरी प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

बजार अनुगमन टोलीले अस्पताल आसपासमा रहेका औषधी पसलहरुमा अनुगमन गर्दा मापदण्ड विपरीत, दक्ष जनशक्ति विना नै सन्चालन गरिएको जनाएको छ भने संगीता मेडिकल हलमा कुनै पनि व्यक्ति नभेटिएपछी बन्द गर्न निर्देशन दिएको थियो, तर आज शुक्रवार सो पसल खुलेको छ ।

एक वर्ष पहिले गरिएको अनुगमनका क्रममा दिईएको निर्देशनका कार्यान्वयन नभएको भन्दै बागलुङ नगरपालिका अधिकृत युक्त प्रसाद सुवेदीले स्वास्थ्य जस्तो संवेदनशील कुरामा कानून विपरीत सन्चालमा रहेका क्लिनिक तथा औषधी पसलहरु उपर कानूनी कार्बाही गर्नुको बिकल्प नभएको बताए । उनले पसल सन्चालकहरुले ओषधिको खरीद बिल नदेखाउने, बास्तविक मुल्य भन्दा अत्याधिक बढी मुल्यमा विक्री गर्ने गरेको पाईएको बताए ।

अनुगमन टोलीका विज्ञ व्यक्ति गण्डकी अस्पतालका फार्मेसिस्ट सविन लामिछानेले वषौँ देखी अवैधानिक तरिकाले सन्चालनमा रहेका औषधि पसलहरुलाई सरोकालवाला निकायले कार्बाही नगरेकोले अवैधरुपमा औषधी पसलहरु बढ्दै गएको बताए ।

उता क्लिनिक तथा औषधी पसल सन्चालकहरुको पीडा भने भिन्नै छ । नगरपालिकाले औषधी पसलहरु नगरपालिका दर्ता भए नभएको हेरी नभए दर्ता गर्न लगाएर करको दायरा भित्र ल्याउने हो । यसरी पसलहरुमा आएर अनावश्यक प्रश्नहरु गरी दु:ख दिने कार्य अनुगमनको कार्यक्षेत्र भित्र पर्छकी पर्दैन ? भन्ने प्रश्न गर्दै उनिहरुले अनुगमन टोलीमा हायर गरिएका दक्ष व्यक्तिको दक्षता माथीनै गम्भीर प्रश्न उठाएका छन् । पसलमा आएर अनावश्यक हैकम देखाउन खोजेको आरोप उनिहरुले लगाएका छन् ।

औषधी पसल सन्चालकहरुको गुनासो प्रति बागलुङ नगरपालिकाका अधिकृत सुवेदीले नगरपालिकाले तयार पारेका प्रश्नहरुमा रहेर नै विज्ञले प्रश्न गरेका जानकारी दिँदै उनले कुनै अनावश्यक प्रश्नहरु सोधेर दुख नदिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment