प्रकाश छन्त्याल, बरेङ २०७६ भदौ २० । बागलुङको बरेङ गाँउपालिका बरेङ बजारमा बिद्युत उपभोक्ता कसैका घरमा उज्यालो त कसैको घरमा अध्यारोको मार खेपेको ४ दिन हुदाँ पनि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानिय ग्राहकहरुले ब्यापक गुनासो गरेका छन । सामुदायिक बिद्युत उउभोक्ताहरु मर्कामा परेको यो नयाँ खबर चाँही होईन, बिगतका समयहरुमा पनि यो क्षेत्रमा न त हावा चल्न हुन्छ, न त पानी पर्न हुन्छ दुबै समस्या आए ग्राहकहरु मैन बत्तिको साहरामा गुजारा चलाउने बाध्यता परि रहेको छ । यस क्षेत्रमा बिकासको क्रममा स्थानिय सरकारले बिशेष पहल गरे भने पनि सामान्य बिद्युतको समस्याले यहाँको स्थानिय पिरोलिएका छन ।
गुल्मीको उत्तरी क्षेत्र संगै जोडिएको यो सामुदायिक बिधुतको थप ब्यबस्थापन हुन नसकेको हो की सम्बन्धित निकायको कुनै चासो नभएको हो यो अन्यौलको बिषय बनेको छ । ब्यवस्थापन निकायले ब्यबस्थित ढंगबाट र्कमचारीको ब्यबस्थापन नमिलेको हो की ब्यावस्थापन नै गर्न नसकेको अन्यौलता छाएको छ । ग्राहकहरु मर्कामा परे पनि मासिक शुल्क समयमै उपलब्ध गराई रहेको बुझिन्छ भने परिचालित कर्मचारीले तलब बुझेको पनि बुझिन्छ । दुःखको कुरा त यहाँ बाझिएको छ की नेपाल सरकारका कार्यकारी निर्देशक कुलमान घिसिङले ल्याएको लेडसेडिङ मुक्त नेपाल बनाउने उदेश्य सिमित नै रहने पो होकी जनता अन्यौलमा रहेका छन । सामुदायिक बिद्युत बरेङ एरियाको सुधार कहिले सुल्झिने पर्खाईमा यस क्षेत्रका जनता रहेका छन र यसको सम्बन्धीत निकायको ध्यान आर्कषण गराउन चाहन्छन । बिधुत अबरोधका कारण यस क्षेत्रको ईन्टरनेट सेवा, बैंकिङ सेवा लगायत बिभिन्न उधोग ब्याबसायी समेत मर्कामा परेका छन ।