Sorry, that menu does not exist.
 

रेडियो बिहानीको आयोजनामा भएको अनलाइन तीज गीत कम्पिटिशन सम्पन्न !

प्रकाश छन्त्याल बरेङ २०७६ भदौ २० । रेडियो बिहानी ८९ मेघाहर्ज बरेङको आयोजनामा अनलाइन तीज गीत कम्पिटिशन २०७६ को पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएके छ ।

तीज विशेष कार्यक्रम अनलाइन तीज गीत कम्पिटिशन २०७६ को अन्तिम नतिजा १७ गते प्रकाशन गरिएको थियो । तीज गीत कम्पिटिशन २०७६ मा बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरका निरु बिसी बिजेता र गुल्मी अर्बेनीका पबित्रा किसान उप बिजेता भएका छन् ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको हो ।
कार्यक्रममा रेडियो संयोजक लेखान्त पुनले विगत ४ वर्ष अघिबाट तिजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तीज कम्पिटिशन यस वर्ष पनि सम्पन्न गर्न सफल रहेको जानकारी गराउदै बिजेता तथा उप बिजेता प्रतियोगीहरुलाई हार्दिक बधाई दिएका थिए ।

रेडियो बिहानीको कार्यालयमा शुक्रबार एक कार्यक्रमका बिच बिजेता प्रतियोगी निरु बिसीलाई रेडियोका स्टेशन को– अर्डिनेटर प्रकाश छन्त्यालले अबिर खादा तथा प्रमाणपत्रले सम्मान गरेका थिए भने रेडियो संयोजक लेखान्त पुनले नगद राशीको चेक हस्तान्तरण गरेका थिए ।

यसअघिका वर्षहरुमा बिजेता भएका प्रतियोगीहरु विभिन्न गीत एल्वम् निकाल्न तथा गीतमा स्वर दिनको लागि लाभ प्राप्त गर्न सफल भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !