Sorry, that menu does not exist.
 

प्रदेश सांसद सापकोटाव्दारा सभाहल उद्घाटन : जनताको राजनीतिक दल प्रति विश्वास कम भएकोमा चिन्ता !

कोपीला कँडेल, बागलुङ २०७६ भदौ २० । काठेखोला गाउंपालिका ६ बिहुमा निर्माण भएको वडा सभाहलको आज एक समारोहका बिच गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले उद्घाटन गरेका छन् ।

उद्घाटन पछि बोल्दै उनले बिकास निर्माणका काममा सबै संग साझेदारी हुनुपर्ने बताए । उनले देश बदल्नका लागि जनता बदलिन आवश्यक रहेको बताए । सीमित साधन र श्रोत बाट धेरै काम सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उनले बताए । संघिय संरचना अनुसार तिन तहका सरकार एकैपटक संचालन गर्नुपर्दा कठिनाई उत्पन्न भएको चर्चा गर्दै प्रदेश सांसद सापकोटाले आफ्नो क्षेत्रको बिकासका लागि स्थानिय सरकार सहित सम्बन्धीत क्षेत्रका जनता क्रियाशील बन्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय जनताको राजनितिक दल प्रति विश्वास कम हुदै गएको छ, प्रदेश सांसद साप्कोटाले भने, यसको समाधानका लागि सरकार र जनप्रतिनिधीले आम नागरिक प्रति जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । उनले काठेखोला गाउंपालिका वडा नम्वर ६ ले सिमित बजेटमा सुबिधा सम्पन्न भवन निर्माण गरेको भन्दै धन्यबाद दिए ।

त्यसैगरी काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले गाउंपालिकाका बिकास र सम्मृद्धिका लागि आफ्नो तर्फबाट सक्दो प्रयत्न गरिरहेको बताए । उनले बिकास निर्माणका काममा पक्ष र बिपक्ष हुन नहुने चर्चा गर्दै गाउंपालिकाका गतिबिधी प्रति सबैको स्वस्थ आलोचना हुनुपर्नेमा जोड दिए ।

करिब २ सय ५० जना क्षेमताको सो सभा भवन रु ३३ लाख ९ हजार ८ सय ३४ रुपयाको लागतमा सम्पन्न भएको वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।

यो सभाहल निर्माणका लागि काठेखोला गाउंपालिका ६ निवासी हरिश्चन्द्र कंडेलले जग्गा निशुल्क रुपमा वडा कार्यालयलाई प्रदान गरेका थिए । सभाहल निर्माण भएपछि वडाबाट संचालन हुने सम्पुर्ण कार्यक्रम सोही भवन बाट सम्पन्न हुने वडा अध्यक्ष कंडेलले बताए । वडा भवन निर्माण पछि सोही स्थानमा वडा कार्यालय भवन निर्माणका लागि सम्झौता भई प्रस्ताव गरिएको वडा अध्यक्ष कंडेलले बताए । कार्यालय बाट संचालन हुने सभा गोष्टी र बिभिन्न कार्यक्रम तथा काठेखोला गाउंपालिका बाट संचालन हुने कार्यक्रमका लागि निशुल्क र अन्य प्रयोजनका लागि सरसफाई तथा व्यवस्थापन खर्चको व्यवस्थापन गरिएको अध्यक्ष कंडेलले बताए ।


सो अवसरमा जिल्ला सहकारी सघं बागलुङ्गका अध्यक्ष दिपक गौतम, ने.क.पा काठेखोला गाउंपालिकाका अध्यक्ष दिल बहादुर कार्की, नेपाली कांग्रेसका सभापति ज्ञामनाथ कंडेल रा.प्र.पा का प्रतिनिधी देबी प्रसाद कंडेल, काठेखोला गाउपालिका वडा नम्वर २ का अध्यक्ष बिध्यापति शर्मा, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपीला कंडेल, भिमसेन क्याम्पसका प्रमुख बालकृष्ण कंडेल सामुहिक वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष बृहस्पति कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा किम्वोट कृषि सहकारी संस्था र प्रगतिशिल कृषि सहकारी संस्थाबिच एकिकरण समेत भएको छ । किम्वोट कृषि सहकारी संस्थाका अध्यक्ष बालानन्द कंडेल र प्रगतिशिल कृषि सहकारी संस्थाका अध्यक्ष डिलाराम कंडेलले दुबै सहकारी बिच एकिकरण भएको घोषणा गरेका थिए ।

सो अवसरमा जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतमले सहकारीको मर्म भावना र सिद्यान्त अनुरुप अगाडी बड्न आग्रह गरे । उनंले शिक्षक कर्मचारी लगायतले नयां सहकारी ऐन अन्र्तगत सहकारीको नेतृत्व गर्न नपाईने व्यवस्था रहेको समेत बताए ।
कार्यक्रम वडाध्यक्ष कंडेलको अध्यक्षता वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत मन्तब्य र प्रगतिशिल सहकारी संस्थाका संचालक धनपति कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment